Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण १६ शुक्रबार १४:५९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

धनगढीमा एकैदिन १६ जनामा कोरोना संक्रमण, सुदूरपश्चिम प्रदेशमा २६ मा संक्रमण

Read Time : < 1 मिनेट
२०७७ श्रावण १६ शुक्रबार १४:५९:००

सुदूरपश्चिममा आज थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीमा मात्रै १६ जनामा संक्रमण देखिएको छ । 

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका २३, बझाङका दुई र कञ्चनपुरका एकजनामा संक्रमण पुष्टि भएको हो ।

कैलालीको टीकापुरमा सातजनामा कोरोना संक्रमण देखिएको छ । टीकापुरमा १८ महिने शिशुमा समेत कोरोना देखिएको सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट  डाक्टर हेमराज पाण्डेयले जानकारी दिए । 

पछिल्लो २४ घन्टामा दुई सय ७१ जनाको थ्रोट स्वाबको नमुना जाँच गरिएको उनले बताए ।

सुदूरपश्चिममा हालसम्म चार हजार दुई सय ९२ जनामा कोरोना देखिएको छ । 

सबैभन्दा बढी कैलालीमा संक्रमित हुनेको संख्या एक हजार एक सय ३० जना पुगेको छ । 

यस्तै संक्रमित बढी भएका जिल्ला डोटीमा सात सय १५ जना, अछाममा ६ सय ६७ र कञ्चनपुरमा पाँच सय २३ जनामा कोरोना पुष्टि भएको छ ।

हालसम्म संक्रमण देखिएकामध्ये तीन हजार आठजना संक्रमणमुक्त भएर घर फर्किसकेका प्रदेशको सामाजिक विकास मन्त्रालयका कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले जानकारी दिए । 

सुदूरपश्चिममा संक्रमण देखिएका नौजनाको मृत्यु भएको छ । 

शंकास्पद १४ जना बिरामीलाई विभिन्न अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको कार्कीले जानकारी दिए ।