मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/एएनआइ नयाँ दिल्ली
२०७७ श्रावण १६ शुक्रबार १४:४६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा संक्रमितको संख्या १६ लाख नाघ्यो, साढे १० लाख निको भए 

Read Time : < 1 मिनेट
रासस/एएनआइ नयाँ दिल्ली
२०७७ श्रावण १६ शुक्रबार १४:४६:००

भारतमा कोभिड– १९ संक्रमितको संख्या १६ लाख नाघेको छ ।

गत २४ घन्टामा भारतका ५५ हजार ७९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमित १६ लाख ३८ हजार आठ सय ७१ पुगेको शुक्रबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

सरकारी अधिकारीका अनुसार भारतमा कोरोना संक्रमितमध्ये १० लाख ५७ हजार आठ सय ६ जना निको भइसकेका छन् ।

हाल भारतमा सक्रिय संक्रमित पाँच लाख  ४५ हजार तीन सय १८ जना मात्र छन् । भारतमा हालसम्म संक्रमण भएर ३५ हजार सात सय ४७ जनाको मृत्यु भएको छ । 

संक्रमणबाट भारतको महाराष्ट्र सबभन्दा बढी प्रभावित छ । दोस्रोमा तमिलनाडु र तेस्रोमा राजधानी रहेको दिल्लीमा बढी संक्रमित छन् ।