कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि गत ११ चैतदेखि लागू गरिएको लकडाउनअघि आ–आफ्नो गाउँ गएकाहरू अहिले धमाधम काठमाडौं उपत्यका फर्किन थालेका छन् ।
यसरी उपत्यका आउन चाहनेहरूलाई पिसिआर परीक्षण गरेर मात्र आउन दिइएको छ ।
काठमाडौं उपत्यका भित्रिने नाकामध्येको एक भक्तपुरको साँगामा यात्रुहरूको पिसिआर परीक्षणका लागि स्वाब संकलन भइरहेकाे छ ।
त्यहाँबाट उपत्यका प्रवेश गर्नका लागि साझा यातायात पनि सञ्चालन गरिएको छ ।