१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण १६ शुक्रबार ११:३३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना त्रास : समुदायस्तरमा कोरोना संक्रमण फैलिएको भन्दै विराटनगर महानगरपालिकाले बनायो विभिन्न समिति

Read Time : < 1 मिनेट
२०७७ श्रावण १६ शुक्रबार ११:३३:००

समुदायस्तरमा कोरोना भाइरस संक्रमण हुन थालेको भन्दै विराटनगर महानगरपालिकाले रोकथामका लागि निजी क्षेत्रका विज्ञ र सरकारी प्रतिनिधिलाई सहभागी गराए विभिन्न समिति निर्माण गरेको छ । 

आमनागरिकको सहयोग लिएर संक्रमण रोकथाम गर्न महानगरपालिकाले  अलग–अलग होम क्वारेन्टाइन, पिसिआर ल्याब स्थापना, मनोपरामर्श र कन्ट्याक ट्रेसिङ समिति बनाएको हो ।  

होम क्वारेन्टाइन समितिको संयोजकमा डा. हेमसागर रिमाल, पिसिआर ल्याब स्थापना समितिको संयोजकमा डा. सुशील तापडिया, मनोपरामर्श समितिको संयोजकमा  डा. अर्चना पोखरेल संयोजक र  कन्ट्याक ट्रेसिङ समितिको संयोजकमा डा. सूर्य पराजुली संयोजक छन् । 

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीका अनुसार गठित समितिहरूले सदस्यहरूलाई परिचालन गरेर आ–आफनो क्षेत्राधिकारभित्र संक्रमण रोकथाममा सहयोग गर्नेछन् । 

विराटनगरका सबै अस्पताल तथा नर्सिङहोममा कार्यरत प्राविधिक तथा प्रशासनिक कर्मचारीलाई कोरोना संक्रमण भए आ–आफ्ना अस्पतालमै व्यवस्थापन गराउने महानगरपालिकाले जनाएको छ । 

विराटनगर महानगरपालिकामा बिहीबारसम्म ९५ जना कोरोना संक्रमित पाइएका छन् । 

तीमध्ये ३० जना निको भएर उपचार केन्द्रबाट डिस्चार्ज भएका छन् । 

विराटनगरबाट कहीँकतै यात्रा नगरेका प्रहरी, चिकित्सक, स्वास्थ्यकर्मीलगायतमा कोरोना संक्रमण भइसकेकोले समुदायस्तरमा संक्रमण फैलिइसकेको  दाबी महानगरपालिकाको स्वास्थ्य महाशाखाको छ । 

महानगरपालिकाले अनिवार्य मास्क लगाउन र सामाजिक दूरी बनाउन आमसर्वसाधारणमा अपिल गरिरहेको छ ।

साथै आइसोलेसन सेन्टर र परीक्षणको दायरा बढाउन प्रदेश सरकारसँग अनुरोध गरेको छ । 

क्वारेन्टाइनको संख्या बढाउने पनि महानगरपालिकाले तयारी गरिरहेको जनाएको छ ।