मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण १६ शुक्रबार १०:५६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

महावु तीर्थयात्रा सुरु : दैलेख रुट भएर महावु जाने यातायातमा रोक (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ श्रावण १६ शुक्रबार १०:५६:००

कर्णाली प्रदेशको प्रसिद्ध तीर्थस्थल मानिएको महावु धामकाे तीर्थयात्रा सुरु भएकाे छ । दैलेख र कालिकोटको सिमानामा पर्ने महावु धाममा हरेक वर्ष हजारौँ तीर्थयात्री पुग्ने गर्छन् । जनै पूर्णिमाको अवसर पारेर कैलाश शिवको पूजापाठ गर्ने गरिन्छ । शिवको पूजापाठ गरेपश्चात् दैलेख र कालिकोटलगायत देशैभरका अन्य कुल देवता र मठमन्दिरमा पूजा गर्ने सयौँ वर्ष पुरानो चलन अहिले पनि कायमै छ । 

यातायातका साधनमार्फत दैलेख सदरमुकाम हुँदै महावु पुग्ने तीर्थयात्रीलाई यो वर्ष भने रोक लगाइएको छ । जिल्लामा कोरोना संक्रमण पुनः बढेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले सूचना जारी गरेर यातायातका साधनहरू प्रयोग नगर्न भनेको छ । यातायातका साधन बन्द गरेपछि १७ गते लाग्ने महावु धामको मेला भर्न १५ गतेदेखि नै पैदल यात्रा गर्ने तीर्थयात्री उकालो लागेका छन् ।  

 चार हजार दुई सय मिटर अग्लो स्थानमा रहेको शिवको दर्शन गर्न दैलेख, सुर्खेत, कालिकोट, नेपालगन्ज, काठमाडाैं र भारतबाट समेत मानिस आउने गर्दछन्  ।

दुई स्थानमा सुरक्षाकर्मी खटाउने तयारी
दैलेख हुँदै महावु धाम जाने तीर्थयात्रीका लागि र कालिकोटबाट महावु आउने तीर्थयात्रीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै दुई स्थानमा सुरक्षा निकायको टोली खटाउने तयारी गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । सामाजिक दूरी कायम गरेर पूजापाठको व्यवस्थापन गरिएको छ । मानिसलाई धेरैबेर हुल गरेर बस्न नदिने र पूजा सक्नेबित्तिकै सामाजिक दूरी कायम गरेर फर्कने व्यवस्थापन मिलाउने तयारी प्रशासनले गरेको छ ।