१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १६ शुक्रबार १०:४७:००
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

दोस्रो विश्व ज्ञान सम्मेलन असोजमा हुने 

सरकारको १५औँ पञ्चवर्षीय योजनाका विषयमा कार्यपत्र प्रस्तुत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १६ शुक्रबार १०:४७:००

 गैरआवासीय नेपाली संघले  दोस्रो विश्व ज्ञान सम्मेलन असोजमा गर्ने भएको छ । बिहीबार विज्ञप्ति जारी गरी सम्मेलनको विषयमा जानकारी दिएको हो ।

 विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघि विश्व ज्ञान सम्मेलन आयोजना गर्न सुरु गरिएको थियो । यसलाई निरन्तरता दिँदै दोस्राे  एनआरएन विश्व ज्ञान सम्मेलन असोजको २३ देखि २५  सम्म दुई दिन गर्ने निर्णय गरिएको  छ । 

कोरोना भाइरस संक्रमणले विश्व नै आक्रान्त बनेको र  नेपालको अर्थतन्त्र धराशायी बनेको  भन्दै  सम्मेलनले कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका  केन्द्रित हुने बताएको छ ।  

साथै  सम्मेलन  संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५औँ पञ्चवर्षीय योजनाका विषयमा विज्ञहरूले  कार्यपत्र प्रस्तुत गर्नेछन् ।   

 गैरआवासीय नेपाली संघ र नेपाल सरकारको सहकार्यमा हुन लागेको यस सम्मेलनमा चार प्लेनरी सेसन र १५ सिम्पोसियम सेसनको आयोजना हुनेछ । सम्मेलनमा गैरआवासीय नेपाली विज्ञहरू, नेपालमा रहेका  विज्ञहरू र नेपालसँग जोडिएका विदेशी विज्ञहरूका दुई सयभन्दा बढी कार्यपत्र प्रस्तुत हुनेछन् ।