मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका विराटनगर
२०७७ श्रावण १६ शुक्रबार ०९:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङमा बस दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७७ श्रावण १६ शुक्रबार ०९:३९:००

कोसी राजमार्गको विराटनगर-इटहरी सडकखण्डमा पर्ने मोरङको बुढीगंगा गाउँपालिका- १ टंकीसिनवारीमा यात्रुबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा चारजना यात्रु घाइते भएका छन् ।
 
विराटनगरबाट धरानतर्फ गइरहेको को.१ख ६९५२ नम्बरको सिमोन यातायातको बस बिहीबार साँझ ८:३० बजेतिर सडकको बीचमा राखेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएकाे छ । दुर्घटनामा मृत्यु भएका यात्रु अन्दाजी ३०  वर्षका युवा रहेको, तर उनको खनाखत हुन नसकेको मोरङ प्रहरीले जनाएको छ। 

घाइते यात्रुहरू भोजपुर रामप्रसाद राई गाउँपालिकाका २५ वर्षीय रामकुमार राई, २८ वर्षीया कल्पना राई, ३५ वर्षीया मुना राई छन् । एकजना घाइते महिलाको अझै परिचय खुल्न सकेको छैन । घाइतेहरूको विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।