मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे
रञ्जन भण्डारी महोत्तरी
२०७७ श्रावण १६ शुक्रबार ०८:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काेराेना संक्रमण बढ्न थालेपछि जलेश्वरमा निषेधाज्ञा

Read Time : < 1 मिनेट
रञ्जन भण्डारी महोत्तरी
२०७७ श्रावण १६ शुक्रबार ०८:१४:००

कोरोना संक्रमण बढ्न थालेपछि महोत्तरीकाे सदरमुकाम जलेश्वरमा निषेधाज्ञा जारी गरिएकाे छ । शुक्रबार रातिदेखि लागू हुने गरी पाँच दिनका लागि निषेधाज्ञा जारी गरिएकाे महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । 

जिल्ला कोभिड नियन्त्रण र रोकथाम समितिको सिफारिसमा जिल्ला सुरक्षा समितिले निषेधाज्ञा लगाउने निर्णय गरेको प्रजिअ कटुवालले बताए ।

निषेधाज्ञा सदरमुकामको उत्तरतर्फ रणभीम गण, दक्षिणमा मलिवाराको रातोपुल, पूर्वमा भार्गवसर कुट्टी र पश्चिममा रा.वि.म. क्याम्पसभित्रको क्षेत्रमा जारी गरिएकाे छ । योसँगै महोत्तरी गाउँपालिकाको वडा नं. ३ र वडा नं. ५ मा समेत निषेधाज्ञा लागू हुनेछ । 

प्रजिअ कटुवालका अनुसार शुक्रबार राति ११ बजेपछि लकडाउन पूर्ण रूपमा कार्यान्वयन हुनेछ । याे अवधिमा औषधि पसल, खाद्यान्न, फलफूल, अस्पताल, स्वास्थ्य सेवालगायतका अत्यावश्यक सेवाहरू सुचारु हुनेछन् । 

महोत्तरीमा अहिलेसम्म काेराेना संक्रमितकाे संख्या आठ सय ६३ पुगेकाे छ । काेराेनाका कारण एकजनाकाे ज्यान गएकाे छ।