मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १५ बिहीबार १९:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ सिल गरेर परीक्षणको दायरा बढाउने सिसिएमसीको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १५ बिहीबार १९:५५:००

कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) निर्देशक समितिले कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ सिल गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ । बिहीबार बसेको सिसिएमसी निर्देशक समितिको बैठकले लकडाउन खुकुलो भएपछि संक्रमण जोखिम रहेका ठाउँको अवस्था विश्लेषण गरी पिसिआर परीक्षणको दायरा बढाउने निर्णय गरेको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आवश्यकताअनुसार संक्रमण देखिएको ठाउँ सिल गरेर पिसिआर परीक्षणको दायरा बढाइने बताए । आगामी १ भदौबाट सुरु हुने सेवा क्षेत्र सञ्चालनका लागि आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड तयार पार्न पनि बैठकले सम्बन्धित मन्त्रालयहरूलाई जिम्मेवारी दिएको छ । 

पछिल्लो समय काठमाडौं उपत्यका प्रवेश गर्नेहरूको पिसिआर परीक्षण गरिरहेको सरकारले अब प्रवेश बिन्दुमा नै क्वारेन्टाइन व्यवस्थापन गर्ने भएको छ । काठमाडौं प्रवेश गर्ने नाकामा गरिएको परीक्षणमा संक्रमण देखिन थालेपछि प्रवेश नाकामै क्वारेन्टाइनको व्यवस्था गरिने उनले बताए । बैठकले लकडाउन खुकुलो भएको केही दिनयताको परीक्षण नतिजा विश्लेषण गरी आगामी रणनीति तय गर्ने निष्कर्ष पनि निकालेको छ । 

स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूर्ण रूपमा पालना नभएका कारण संक्रमणको जोखिम बढेको सिसिएमसीले ठहर गरेको छ । यस्तो अवस्थामा संक्रमणलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा पनि बैठकमा छलफल भएको छ ।