Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण १५ बिहीबार १८:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्डको विचारहरूको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ सार्वजनिक

Read Time : < 1 मिनेट
२०७७ श्रावण १५ बिहीबार १८:४२:००

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विचारहरूको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ सार्वजनिक भएको हो  । पुस्तकमा ०६५ देखि ०७५ सम्म संविधानसभा र व्यवस्थापिका संसदमा प्रचण्डले व्यक्त गरेका विचारहरू ४२ शीर्षकमा समेटिएका छन् ।

दुई सय ४० वर्ष लामो राजतन्त्रलाई परास्त गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान निर्माण र त्यो संविधानअन्तर्गत रहेर स्थानीय, प्रादेशिक र संघीय निर्वाचन गराउन भोगिएका पेचिला परिघटना र संघर्षलाई प्रस्तुत पुस्तकले उजागर गरेको प्रकाशक प्रज्ञा स्मृति प्रतिष्ठान, नेपालले जनाएको छ ।

पुस्तकबारे विज्ञप्तीमा छ, ‘संसदीय राजनीतिबाट सशस्त्र युद्धमा लैजान सक्ने, सशस्त्र युद्धलाई शान्तिपूर्ण रुपान्तरण गराउन सक्ने, सशस्त्र युद्ध र शान्तिपूर्ण जनआन्दोलनलाई संयोजन गराउन सक्ने, जनयुद्ध र जनआन्दोलनले उठाएका संघीयता, गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता जस्ता मुद्दालाई संस्थागत गर्ने नयाँ संविधानको ‘कोरियोग्राफर’ को भूमिका खेल्दा भोग्नु परेका उथलपुथलकारी परिघटना व्यक्त भएको यो पुस्तक आफैंमा एउटा ऐतिहासिक दस्तावेज हो ।’