Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण १५ बिहीबार १४:१०:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सागका स्वर्ण विजेता मण्डे नगदसहित सम्मानित  

Read Time : < 1 मिनेट
२०७७ श्रावण १५ बिहीबार १४:१०:००

१३औँ दक्षिण एसियाली खेलकुद (साग)मा दुई स्वर्ण पदक जितेका कराते खेलाडी मण्डेकाजी श्रेष्ठ पाँच लाख नगदसहित सम्मानित भएका छन् । 

उनलाई जिल्ला फुटबल संघ धादिङका अध्यक्ष दीपक खतिवडा र गुडविल विल्डर्सका प्रमुख कार्यकारी रवि महर्जनले संयुक्त रूपमा पाँच लाख प्रदान गरी  पुरस्कृत गरेका हुन् । 

ललितपुरमा बिहीबार आयोजित कार्यक्रममा मण्डेलाई पुरस्कार रकम हस्तान्तरण गरिएको हो । नेपाल पुलिस क्लबसँग आबद्ध मण्डेले गत १३औँ सागमा पुरुषको एकल काता र टिम कातामा गरी दुई स्वर्ण पदक जितेका थिए । मण्डेले एकलतर्फ जितेको स्वर्ण १३औँ सागमा नेपालले जितेको पहिलो स्वर्ण थियो ।