मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण १५ बिहीबार १३:०१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बाँकेमा आन्तरिक राजस्व कार्यालयका ११ कर्मचारीसहित २७ जनामा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
२०७७ श्रावण १५ बिहीबार १३:०१:००

आन्तरिक राजस्व कार्यालय, नेपालगन्जमा कार्यरत ११ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परीक्षणमा आन्तरिक राजस्व कार्यालयका ११ जना कर्मचारीसहित २७ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । 

उनले आन्तरिक राजस्व कार्यालयका ५४ जना कर्मचारीको स्वाब संकलन गरिएको जानकारी दिए ।

श्रेष्ठले दिएको जानकारीअनुसार संक्रमित ११ जनामध्ये राप्तीसोनारी गाउँपालिका–६ बाँकेका एक, भेरीगंगा नगरपालिका–४, सुर्खेतका दुई, खलंगा–४ प्युठानका एक, मधुवन नगरपालिका– ८ बर्दियाका एक, छत्रदेव– ७ अर्घाखाँचीका एक, नेपालगन्ज उपमहानगरपालिकाका एक, भीमदत्त नगरपालिका– ४ कञ्चनपुरका एक, पर्सा–१ सर्लाहीका एक, नेपालगन्ज–९ बाँकेका एक र नेपालगन्ज उपमहानगरपालिका– १० का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । 

बिहीबार सार्वजनिक भएको पिसिआर रिपोर्टअनुसार नेपालगन्जका थप १६ जनामा पनि कोरोना पुष्टि भएको छ । तीमध्ये नेपालगन्ज उपमहानगरपालिका–११ का १३ जना छन् भने वडा नं. १०, १३ र १९ का एक–एक जनामा कोरोना पुष्टि भएको छ । 

त्यसैगरी, बर्दियाका थप सात र दाङका दुईजनामा पनि कोरोना देखिएको छ । तीमध्ये ठाकुरबाबा नगरपालिकाका, बर्दियाका पाँच र गेरुवा गाउँपालिकाका दुईजना छन् । दाङको राप्ती गाउँपालिका– २ र गढवा गाउँपालिका– ४ का एक–एकजनामा पनि कोरोना पुष्टि भएको छ ।