१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १५ बिहीबार १२:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘इनफ इज इनफ’का अभियन्ताद्वारा महेन्द्र पुलिस क्लबअगाडि धर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १५ बिहीबार १२:३३:००

गृह मन्त्रालय प्रवेश गर्न खोज्दा ‘इनफ इज इनफ’का अभियन्ताहरू पक्राउ गरेको विरोधमा महेन्द्र पुलिस क्लबअगाडि धर्ना दिएका छन् । 

सूचनाको हकको निवेदन दर्ता गर्न गृह मन्त्रालय प्रवेश गर्न खोज्दा पाँचजना पक्राउ परेका थिए । अभियानका सदस्यहरू पक्राउ परेपछि आक्रोशित बनेको अभियन्ताहरूले पुलिस क्लबअगाडि धर्ना दिएका हुन् ।

पक्राउ पर्नेमा पुकार बम, प्रमेश श्रेष्ठ, समुद्र केसीलगायत रहेका छन् । प्रहरीले पक्राउ गरेका अभियन्ताहरूलाई महेन्द्र पुलिस क्लबमा राखेको छ ।

अभियन्ताहरूले पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, भ्रष्टाचारको अन्त्य हुनुपर्ने भन्दै देशैभरि विभिन्न स्थानमा अनशन, विरोध गर्दै आएका छन् । असार २३ गते अभियन्ताहरूले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता सरकारले जनाएको थियो ।