१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तसलिमा नसरिन
२०७७ श्रावण १५ बिहीबार ०८:१२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

फाहिम सालेहको हत्या : एक सम्भावनाको अन्त्य 

फाहिमले सानो रूपबाट सुरु भएको आफ्नो व्यवसायलाई विश्वव्यापी बनाएका थिए, यदि जिउँदो रहन्थे भने यी स्वप्नदर्शी युवाले अझ ठूलो काम गर्थे होलान् 

Read Time : > 2 मिनेट
तसलिमा नसरिन
२०७७ श्रावण १५ बिहीबार ०८:१२:००

बंगलादेशी प्रविधि उद्यमी फाहिम सालेह एकदम कम उमेरमा ५० करोड डलरका मालिक बनेका थिए । न्युयोर्क सहरको समृद्ध क्षेत्रमा उनले किनेको २० लाख डलरबराबरको भव्य फ्ल्याट आफैँमा उनको आर्थिक सबलताको सूचक थियो । फाहिम दक्षिण एसियामा चर्चित पठाओजस्ता एपका निर्माता हुन् । तथापि मेरो चासोको विषय फाहिमको आर्थिक पक्षसँग जोडिएको छैन । उनको असाधारण प्रतिभा, तीक्ष्ण सोच्ने क्षमता र विश्को गरिब क्षेत्र मानिने एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशका मानिसको समस्या समाधानका लागि निरन्तरको प्रत्यत्नले मलाई प्रभावित गथ्र्यो । 

फाहिमले सानो रूपबाट सुरु भएको आफ्नो व्यवसायलाई विश्वव्यापी बनाएका थिए । यदि जिउँदो रहन्थे भने यी स्वप्नदर्शी युवाले अझ ठूलो काम गर्थे होलान् । तर, यसबीच उनको हत्या भयो र ३३ वर्षको उमेरमा जीवन समाप्त भयो । २१ वर्षे टायरस डेभन हास्पिलले फाहिमको हत्या गरेका हुन् । फाहिमले हास्पिललाई सहयोगीको रूपमा जागिर दिएका थिए । तर, समस्या तब सुरु भयो, जब हास्पिलले एक लाख डलर चोरेको फाहिमले थाहा पाए । त्यस्तो अवस्थामा फाहिमले जागिरबाट निकाल्नुको साटो हास्पिललाई किस्तामा रकम चुकाउने प्रस्ताव राखेका थिए । तर, पैसा फिर्ता गर्नु साटो हास्पिलले फाहिमलाई मार्ने विकल्प चुने ।

हत्या पनि निकै नृशंस तरिकाले गरिएको छ । धर्मका नाममा संसारमा धेरै अमानुसिक काम भएका छन् र झन्डै त्यही हिसाबमा रुपैयाँ–पैसाका लागि पनि जघन्य काम भएका छन् । यो प्रकरण पैसाकै लागि भएको जघन्य कामको अर्को उदाहरण हो । न्युयोर्कको प्रहरीले तीन–चार दिनभित्रै हत्याराको पहिचान ग-यो । तर, फाहिम हत्या प्रकरणलाई फस्र्ट डिग्री मर्डरको साटो सेकेन्ड डिग्री मर्डर भनिँदै छ । यसो किन गरिँदै छ मैले बुझ्न सकेको छैन । सेकेन्ड डिग्री मर्डर हुँदा हास्पिलमाथि कम सजाय हुनेछ, जबकि उनले जानिबुझी तयारीका साथ हत्या गरेको देखिन्छ । 

विश्वमा आज बंगलादेशी नागरिकको छवि त्यति राम्रो छैन, उनीहरूलाई विदेशमा मूर्ख, चोर, हत्यारा, धर्मान्ध, बेइमान र आतंकवादीका रूपमा चित्रित गरिन्छ, यस्तो माहोलमा पठाओजस्ता एपका निर्माता फाहिम आफैँमा एक उपलब्धि थिए।

विश्वमा आज बंगलादेशी नागरिकको छवि त्यति राम्रो छैन । विदेशमा बंगलादेशीहरूको छवि मूर्ख, चोर, हत्यारा, बलात्कारी, धर्मान्ध, धोकेबाज र आतंकवादीको रूपमा रहेको छ । यस्तो माहोलमा फाहिमको कथा आफैँमा एउटा उपलब्धि थियो । उनलाई लिएर हामी बंगलादेशी गर्व गर्न सक्थ्यौँ । तर, एकजना अपराधीले आफ्नो सनकमा एक विशाल सम्भावनालाई अन्त्य गरिदिए । यो हत्याकण्डपछिका हास्पिलका गतिविधि हेर्दा के कुरा निश्चयका साथ भन्न सकिन्छ भने यो ब्रह्माण्डमा मानव मस्तिष्कबारे अझै एकदमै कम जानकारी उपलब्ध छ । फाहिमको हत्यापछि हास्पिल स्वाभाविक जीवन बाँचिरहेका थिए । सहर छाडेर भाग्ने त परको कुरा उनी हत्याकाण्ड भएको स्थानबाट थोरै मात्र टाढा बसिरहेका थिए । पक्राउ पर्नुअघि उनले फाहिमको क्रेडिट कार्डबाट आफ्नो प्रेमिकाको जन्मदिनमा बेलुन किनेको देखिएको छ । 

जसको हत्या गरेको थियो, उसको शरीरलाई टुक्रा–टुक्रा बनाउन उसैको क्रेडिट कार्डबाट हास्पिलले बिजुलीबाट चल्ने आरा किनेको देखिन्छ । विभिन्न एप बनाएर प्रसिद्ध र सम्पन्न भए पनि फाहिमको कुनै बडिगार्ड नहुनु र उनको घरमा आधुनिक सुरक्षा व्यवस्था नहुनु आश्चर्यजनक कुरा हो । फाहिमको घरको लिफ्टमा रहेको सिसिटिभी क्यामेराले पनि भिडियो मात्र खिचेको तर आवाज क्याप्चर नगरेको देखिन्छ ।

सायद हास्पिललाई कमजोर सुरक्षा व्यवस्थाबारे जानकारी भएको हुुनुपर्छ । फाहिमले हास्पिललाई रोजगारी दिँदा उनको उमेर १६ वर्षको मात्र थियो । हास्पिलको पृष्ठभूमिको कुरा गर्दा उनी सानै छँदाखेर उनको आमा मानसिक रूपमा विरामी थिइन् । अस्पतालमा उनको उपचार चलिरहेको अवस्थामा उनका पिताले उनीहरूलाई त्यागिदिए । नतिजा सानै उमेरमा हास्पिलले पारिवारिक न्यानोपन पाउनुको साटो अपमान सहनुप-यो । यस प्रकारको पृष्ठभूमिले कैयौँ अवस्थामा अपराधलाई जन्म दिन्छ । तर, दुःखद कुरा, वर्षौंसम्मको अपमान र अवहेलनाको बदला लिनका लागि हास्पिलले आफ्नो रोजगारदातालाई चुने । 

फाहिमको मत्युसँगै एक प्रतिभावान् बंगाली युवाले असमयमै यो पृथ्वीबाट बिदा हुनुप-यो । उनले मानसिक समस्यासँग जुधिरहेका एक युवकको वास्तविकत स्थिति पहिचान गर्न सकेनन् । विडम्बनाको विषय के हो भने पृथ्वीमा मानिसले आफ्नो सोझोपनको मूल्य बारम्बार चुकाएको देखिन्छ । यो संसारमा जति पनि प्रतिभाशाली व्यक्ति छन्, अथवा जो यो पृथ्वीलाई अझ सुन्दर र बस्नयोग्य बनाउने कोसिसमा लागिरहेका छन्, तिनको जीवन महत्वपूर्ण हुन्छ । फाहिम सालेहको नृशंस हत्याले यी कुरा हामीलाई बारम्बार सम्झना दिलाउनेछ । 

(तसलिमा नसरिन चर्चित बंगलादेशी लेखिका हुन् ।)
अमर उजालाबाट