१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ श्रावण १४ बुधबार २२:०३:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

पर्सामा कोरोना संक्रमित थप दुईजनाको मृत्यु 

Read Time : > 1 मिनेट
२०७७ श्रावण १४ बुधबार २२:०३:००

पर्सामा बुधबार कोरोना संक्रमण पुष्टि भएका दुईजनाको मृत्यु भएको छ। वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचाररत ६८ वर्षीय र गण्डक कोभिड अस्पतालमा उपचाररत ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

तीमध्ये नेसनल मेडिकल कलेजमा बुधबार बिहान मृत्यु भएका पुरुषको केही समयअगाडि पोजेटिभ पुष्टि भएको कोभिड अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए। डा. सिंहका अनुसार गण्डक अस्पतालमा अपराह्न ४ बजे मृत्यु भएका संक्रमितलाई एक साताअघि अस्पताल भर्ना गरिएको थियो।  गण्डक अस्थायी कोरोना अस्पतालमा मृत्यु भएका वीरगन्जका ६८ वर्षीय वृद्धमा मुटु र स्वासप्रश्‍वासको समस्या थियो । मेडिकल कलेजमामा बिहान मृत्यु भएका वीरगन्ज–६ माईस्थान ६५ वर्षीय वृद्ध मिर्गौला र दमका बिरामी थिए । योसँगै पर्सामा मात्र कोभिड– १९ का कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । जसमा आठ दिनयता ६ जना कोरोना संक्रमितको मृत्यु भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।  

धरानमा एकजना कोरोना संक्रमितको मृत्यु 
यसैबीच मोरङ सुनवर्षी नगरपालिका–८ का ४५ वर्षीय कोराना संक्रमितको पनि उपचारको क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार मृत्यु भएको छ । संक्रमण देखिएपछि उनलाई विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएको थियो । भेन्टिलेटरको आवश्यकता परेपछि बुधबार दिउँसो धरान ल्याइएको थियो । उनको साँझ ५ बजे नै मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

ज्वरो र श्वास–प्रश्वासमा समस्या देखिएपछि ती व्यक्ति मंगलबार कोसी अस्पतालको फिबर क्लिनिकमा आएका थिए । अस्पतालले स्वाब संकलन गरीे आइसोलेसनमा भर्ना गरेको थियो । मंगलबार राति प्रदेश जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । उनको स्वास्थ्यमा जटिलता देखिएपछि धरान रेफर गरिएको कोसी अस्पताल आइसोलेसनका संयोजक डा. लक्ष्मीनारायण यादवले जानकारी दिए । कोरोना संक्रमित पुरुष १० दिनअघि भारतबाट फर्किएका थिए ।