Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण १४ बुधबार १९:१९:००
Read Time : > 1 मिनेट
खेलकुद

सिपिएल खेल्न चार्टर्ड विमानबाट वेस्टइन्डिज जाँदै सन्दीप

Read Time : > 1 मिनेट
२०७७ श्रावण १४ बुधबार १९:१९:००

नेपालका लेग स्पिनर सन्दीप लामिछाने कोरियन एयरलाइन्सको चार्टर्ड विमानबाट क्यारिबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज जाने भएका छन् । सन्दीप अमेरिका हुँदै वेस्टइन्डिज पुग्नेछन् ।

सन्दीप बिहीबार बिहान १० बजेको फ्लाइटबाट त्यसतर्फ जाने उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । उनी आइतबार गन्तव्यमा पुग्नेछन् । सरकारले १ भदौदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुने भने पनि कुन–कुन राष्ट्रमा उडान भर्ने स्पष्ट पारेको छैन । १ भदौसम्म प्रतीक्षा गर्दा सन्दीपको सिपिएल खेल्ने सम्भावना कम हुन जान्थ्यो । सिपिएल व्यवस्थापनले आबद्ध सबै विदेशी खेलाडीलाई १ अगस्ट (१७ साउन) सम्म अनुबन्धित फ्रेन्चाइज टोलीमा सम्पर्क राख्न निर्देशन जारी गरेको छ । १ भदौमा सन्दीप त्यसतर्फ जाँदा सिपिएल गुमाउने पक्काझैँ थियो । १८ अगस्टदेखि सिपिएल हुँदै छ । १ अगस्टसम्म नपुग्ने विदेशी खेलाडीलाई टोलीले क्याम्पमा समावेश नगराउने आयोजकले जनाएको छ । त्यस्तो अवस्थामा क्लबले चाहे खेलाडीसँगको सम्झौता पनि रद्द गर्न सक्छ । चार्टर्ड विमान उपलब्ध नभएको र हवाई उडान ठप्प भएका राष्ट्रका कतिपय विदेशी खेलाडीले सम्झौता रद्द गरेका छन् । 

तर, विदेशी खेलाडीमा महँगामध्ये एक सन्दीप भने चार्टर्ड फ्लाइटबाटै वेस्टइन्डिज जान लागेका हुन् । उनी वेस्टइन्डिज पुगे पनि दुई साता क्वारेन्टाइनमा बस्नेछन् । क्वारेन्टाइनपछि उनले अभ्यास गर्नेछन् । अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज यात्राको क्रममा सन्दीप दोस्रोपटक एक करोड रुपैयाँमाथि अनुबन्ध भएका हुन् । यसअघि उनी बेलायतमा आयोजना हुने भनिएको ‘द हन्ड्रेड बल’मा एक लाख पाउन्डमा अनुबन्ध भएका थिए । कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि बेलायतले द हन्ड्रेड बल प्रतियोगिता एक वर्षका लागि रद्द गरेको छ ।  यसै महिना सिपिएलमा आबद्ध टोली जमैका तलाहवाजले ९० हजार डलरमा अनुबन्ध गरेको थियो । तेस्रोपटक सिपिएलमा आबद्ध सन्दीपलाई तलाबाजले प्रतिभावान खेलाडीका रूपमा राखेको छ । 

यसअघि उनले सेन्ट किट्स एन्ड नेभिड र बार्बोडोसबाट खेलेका थिए । सन्दीप आबद्ध तलाबाजले आफ्नो पहिलो खेल १९ अगस्टमा सेन्ट सुसियाविरुद्ध खेल्नेछ । १८ अगस्टदेखि नै सुरु हुने सिपिएल यो खेल दर्शकविहीन हुनेछ । वेस्टइन्डिजमा कोरोना महामारी फैलिएको कारण आयोजकले दर्शकविहीन सिपिएल गराउने निर्णय गरेको हो । प्रतियोगितामा ३३ खेल हुनेछन् । सहभागी टोलीले समूह चरणमा एक–अर्काविरुद्ध १० खेल खेल्नेछन् । अंक–तालिकामा शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।