Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रासस/एएफपी वासिङटन
२०७७ श्रावण १४ बुधबार १४:२५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कोरोनाबाट अमेरिकामा एकैदिन १५ सयभन्दा बढीको मृत्यु, थप ६० हजारमा संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
रासस/एएफपी वासिङटन
२०७७ श्रावण १४ बुधबार १४:२५:००

अमेरिकामा पछिल्लो २४ घन्टामा साढे दुई महिनायताकै सबैभन्दा बढी मानिसको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

एकैदिन मंगलबार एक हजार पाँच सय ९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । 

त्यसैगरी सोही अवधिमा थप ६० हजारजना नयाँ सक्रिमित थपिएका छन् । स्थानीय समयानुसार मंगलबार राति सवा आठ बजेसम्ममा अमेरिकामा ६० हजार कोरोना संंक्रमित थपिएको बाल्टिमोर आबद्ध विश्वविद्यालयले जनाएको छ । 

अमेरिकामा ४४ लाख ९८ हजार तीन सय ४३ जना संक्रमित भएका छन् । हालसम्म एक लाख ५२ हजार तीन सय २० जनाको मृत्यु भइसकेको छ । 

कोरोना भाइरसको कारण विश्वभरिमा एक करोड ६९ लाख एक हजार चार सय सातजना संक्रमित भएका छन् । गत वर्षको डिसेम्बर महिनाबाट चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको यो भाइरसका कारण विश्वभरिमा ६ लाख ६३ हजार पाँच सय ५७ व्यक्तिको मृत्यु भइसकेको छ ।