१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/एएफपी वासिङ्टन
२०७७ श्रावण १४ बुधबार १४:१२:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

मोडर्नाले तयार पारेको कोरोनाविरुद्धको खोपले बाँदरमा राम्रो काम गर्‍याे : अध्ययन

Read Time : < 1 मिनेट
रासस/एएफपी वासिङ्टन
२०७७ श्रावण १४ बुधबार १४:१२:००

अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोभिड–१९ को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको अध्ययनले देखाएको छ । 

खोप लगाइएका बाँदरका नाक र फोक्सोमा कोरोना भाइरसका विषाणु थप वृद्धि नभएको न्यु इंग्ल्यान्ड मेडिसिन जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ । 

खोपका कारण नाकमा कोरोना भाइरस बढ्न रोकिनुको अर्थ नाक हुँदै शरीरका भित्री भागमा कोरोना भाइरस संक्रमित हुने क्रम रोकिने अध्ययनको निचोड छ । 

अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोप बाँदरमा परीक्षण गर्दा यस्तो नतिजा प्राप्त भएको थिएन । तर, खोपले पशुको फोक्सोमा कोरोना भाइरस प्रवेश गर्नबाट भने रोक्न सफलता प्राप्त भएको थियो । कोरोना भाइरस फोक्सोमा पुगे त्यसले मानव स्वास्थ्यमा गम्भीर क्षति पुऱ्याउन सक्छ ।

मोडर्नाले पशुमा गरेको यस परीक्षणमा दुई समूहमा बाँदरहरूलाई विभक्त गरी दुई भिन्न किसिमका खोपको डोज दिइएको थियो । पहिलो समूहका बाँदरलाई १० माइक्रोग्राम र दोस्रो समूहका बाँदरलाई एक सय माइक्रोग्रामका डोज दिइएको जर्नलमा उल्लेख छ ।

खोप लगाइएका सबै बाँदरमा नयाँ कोरोना भाइरसलाई निस्तेज बनाउने एन्टिबडी तयार भएको थियो । 

उल्लेखनीय कुरा के भने दुवै समूहका बाँदरमा मानवमा भन्दा बढी एन्टिबडी तयार भएको थियो । यही समूहका खोप लगाएका मानिसको पनि कोरोना संक्रमण निको भएको थियो ।

मोडर्नाले तयार पारेको खोप र अक्सफोर्ड विश्वविद्यालय एवं अस्ट्रजेनिकाले संयुक्त रुपमा विकास गरेका खोपहरू अहिले मानव परीक्षणको अन्तिम चरणमा प्रवेश गरेका छन् ।