मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका रुकुमपूर्व
२०७७ श्रावण १४ बुधबार १३:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काेराेना संक्रमण राेक्ने उपाय : रक्षाबन्धन बाँध्न गाउँ निस्किए २७ दिन क्वारेन्टाइनमा राखिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुकुमपूर्व
२०७७ श्रावण १४ बुधबार १३:१८:००

ज्याेतिष परिषद् रुकुम पूर्वले यस वर्षको रक्षाबन्धनमा विगतमा झैँ घरघरमा गएर धागो बाँध्न रोक लगाएको छ । 

रक्षाबन्धनको दिन सबैको घरघरमा गएर धागो बाँध्दा कोरोना सर्ने र संक्रमण फैलने भन्दै यस्तो निर्णय गरेको परिषद्का अध्यक्ष चेताराम उपाध्यायले बताए । 

रक्षाबन्धनको दिन कोही पनि ब्राह्मण धागो बाँध्नका लागि कसैको घरमा जान नपाइने निर्णय गरिएको छ। राससका अनुसार यसपालि १९ साउनमा परेको रक्षाबन्धनमा घरमै दिदीबहिनी, छोरीचेलीले दाइभाइलाई रक्षाबन्धन बाँध्न भनिएको छ ।

ज्योतिष परिषद्ले गरेको यो निर्णयको अटेरी गर्दै कोही कसैको घरमा गएर धागो बाँध्ने काम गरेमा २७ दिन क्वारेन्टाइनमा राखिने परिषद्का अध्यक्ष उपाध्यायले बताए । 

जिल्लावासी सबैलाई यसपालिको रक्षाबन्धन घरमै धागो बाँधेर मनाउन आग्रह गरेको सिस्ने गाउँपालिका– ६ का वडाध्यक्षसमेत रहेका परिषद्का सदस्य सुधन रेग्मीले बताउँछन् ।

रक्षाबन्धन हिन्दू धर्मावलम्बीले मनाउने र भाइबहिनीबीचको अटुट प्रेमलाई दर्शाउने एउटा पवित्र पर्व हो । जिल्लाका तीनवटै गाउँपालिकाका ब्राह्मण समुदायका टोलीले छलफल गरी गरेको यस निर्णयलाई सबैलाई पालना गर्न आग्रह गरिएको छ ।