१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ श्रावण १४ बुधबार ०९:२५:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

छायानाथ धामको तीर्थयात्रा प्रारम्भ

जिल्लाबाहिरका मानिसलाई प्रवेशमा रोक

Read Time : < 1 मिनेट
२०७७ श्रावण १४ बुधबार ०९:२५:००

कर्णाली प्रदेशकै प्रसिद्ध तीर्थस्थल छायानाथ धाममा मंगलबारदेखि तीर्थयात्रा सुरु भएको छ । छायानाथ रारा नगरपालिका- २, चैन गाउँको छायानाथ मन्दिरमा रहेको शिवजीको मूर्ति मुगुमकार्मारोङ गाउँपालिकाको डोल्फुमा रहेको छायानाथ मन्दिरमा लगिएको छ । 

हरेक वर्षको श्रावण शुक्लपक्ष, अष्टमी तिथिमा छायानाथ मन्दिरमा रहेको ठाकुरज्यूको मूर्ति पवित्रधाम छायानाथमा स्नान गर्न लगेसँगै तीर्थयात्रा सुरु हुने परम्परा छ । शिवजीको मूर्ति जनैपूर्णिमासम्म छायानाथ तीर्थस्थलमा राखिनेछ।

मूर्ति दर्शनका लागि जुम्ला, हुम्ला, कालlकोट, डोल्पा, दैलेख, जाजरकोट, बाजुरा, अछामलगायत जिल्लाबाट तीर्थालुको घुइँचो लाग्ने गर्छ । यस वर्ष भने कोरोना भाइरस संक्रमण फैलिने डरले जिल्लाबाहिरका मानिसलाई आउन रोक लगाइएको छ ।

बाहिरी जिल्लाबाट आउनेको भlडभाड हुने र कोरोना समुदायस्तरसम्म फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुगुले प्रवेशमा रोक लगाएको हो । मन्दिरमा धेरै भlडभाड हुँदा कोरोना महामारी फैलिन सक्ने भएकाले बाहिरका मानिसलाई नआउन पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए । 

महादेवले बोकेकी सतीदेवीको सम्पूर्ण अंग छायानाथमा पतन भएकाले त्यस ठाउँलाई छायानाथ तीर्थस्थलका रूपमा पुज्न थालिएको मन्दिरका पुजारी भीमप्रसाद चौलागाईंले बताए ।