मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण १३ मंगलबार १५:५६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सुरु भयो छायानाथ धामको तीर्थयात्रा, बाहिरी जिल्लाका भक्तजनलाई प्रतिबन्द (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ श्रावण १३ मंगलबार १५:५६:००

कर्णाली प्रदेशकै प्रसिद्ध तीर्थस्थल छायानाथ धाममा मंगलबारदेखि तीर्थयात्रा सुरु भएको छ ।  

छायानाथ रारा नगरपालिका– २ चैन गाउँको छायानाथ मन्दिरमा रहेको शिवको मूर्ति बाजागाजा र सुरक्षाकर्मीसहित मंगलबार मुगुको मकार्मारोङ गाउँपालिकाको डोल्फुमा रहेको छायानाथ मन्दिरमा लगिएको छ । 

 

हरेक वर्षको श्रावण शुक्लपक्ष, अष्टमी तिथिका दिन जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल छायानाथ मन्दिरमा रहेको ठाकुरज्यूको मूर्ति पवित्रधाम छायानाथमा स्नान गर्न लगेसँगै तीर्थयात्रा सुरु हुने परम्परा छ ।

 

लगिएको शिवको मूर्ति जनैपूर्णिमासम्म छायानाथ तीर्थस्थलमा राखिने र दर्शनको निम्ति मुगु, जुम्ला, हुम्ला, कालिकोट, डोल्पा, दैलेख, जाजरकोट, बाजुरा, अछामलगायत जिल्लाबाट धामीझाँक्री र तीर्थालुको घुइँचो लाग्ने गरेको थियो । कोरोना संक्रमणका कारण यो वर्ष भने बाहिरी जिल्लाका भक्तजनलाई रोक लगाइएको छ ।