मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तिवारी यादव वीरगञ्ज
२०७७ श्रावण १३ मंगलबार १५:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्जका होटेल व्यवसायी आइसोलेसनका लागि होटेल दिन तयार

Read Time : < 1 मिनेट
२०७७ श्रावण १३ मंगलबार १५:३८:००

पर्सामा पछिल्लो केहीदेखि कोरोना संक्रमण बढ्दै गएपछि अस्पतालमा बेडको अभाव हुँदा आइसोलेसनका लागि आफ्ना होटेल दिनका लागि वीरगन्जका होटेल व्यवसायीले तयार रहेको जनाएका छन् । 

होटेल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले आफ्ना होटेलहरू कोरोना उपचारमा आइसोलेसन स्थापना गर्न तयार रहेको जनाएको हो । 

वीरगन्जमा एक घर एक परिवार परीक्षण अभियान सञ्चालनमा आएपछि संक्रमित  बढ्दै गएकाले अस्पतालमा बेडको अभावले संक्रमितहरूलाई घरमा राख्न थालिएपछि होटेल तथा पर्यटन व्यवसायी संघले होटेल उपलब्ध गराउन विज्ञप्तिमार्फत जनाएको छ । 

संक्रमितहरूको घरमा सेल्फआइसोलेसन बनाएपछि व्यक्तिगत कोठा र शौचालय तथा स्नानघर नहुँदा घरका अन्य सदस्यमा पनि संक्रमण बढ्न सक्ने खतरा हुने भएकाले आफ्ना होटेलमा आइसोलेसन बनाउँदा उपचारमा सजिलो हुने संघको भनाइ छ ।

वीरगन्जमा रहेका एक–दुई सय बेडको होटेललाई न्यूनतम मूल्यमा आइसोलेसनको रूपमा प्रयोग गर्ने सकिने होटेल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले बताए । 

वीरगन्ज महानगरपालिका, स्थानीय प्रशासन र नारायणी अस्पतालले आइसोलेसनको रूपमा होटेल आवश्यक परेको भन्दै माग गरे एट्याच ट्वाइलेट बाथरुम भएका होटेलहरु उपलब्ध गराउन तयार रहेको उनले बताए ।