मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण १३ मंगलबार १४:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परेको जग्गाको मुआब्जा दिलाइदिने भन्दै घुस माग्ने दुईजना पक्राउ

Read Time : < 1 मिनेट
२०७७ श्रावण १३ मंगलबार १४:५३:००

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अधिग्रहणमा परेको जग्गाको मुआब्जा वितरणमा सहजीकरण गर्ने भन्दै चार लाख रुपैयाँ घुस लिने दुईजनालाई अख्तियारको टोलीले पक्राउ गरेको छ । 

विमानस्थल निर्माणको क्रममा अधिग्रहणमा परेको जग्गाको मुआब्जा प्राप्त गर्नका लागि विमानस्थल निर्माण परियोजनामा सहजीकरण गर्ने भन्दै घुस माग्ने परियोजनाका सहयोगी विश्वनाथप्रसाद लोध र अर्का मतियार महेन्द्रप्रसाद यादवलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

उनीहरूले पीडित व्यक्तिहरूसँग रकम लिई बैंकमा जम्मा गर्न लागेको अवस्थामा भैरहवास्थित एक बैंकभित्रबाटै दिउँसो अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । 

उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको भुसालले जानकारी दिए ।