मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ श्रावण १३ मंगलबार १४:३९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

मास्क लगाऊँ, कोरोना हुनबाट बचौँ (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ श्रावण १३ मंगलबार १४:३९:००

समुदायस्तरमा कोरोना संक्रमण रोक्न सचेत गराउँदै प्रहरीले सर्वसाधारणको आवागमनको चेकजाँचमा कडाइ गर्नुका साथै मास्क वितरण अभियान चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिराहाले जिल्ला सदरमुकाम सिराहासहित मातहतका प्रहरी युनिटहरूमार्फत घरबाहिर निस्किनुपरे अनिवार्य रूपमा मास्क प्रयोग गर्न, भिडभाड नगर्न, वेलावेलामा हात धुन, स्यानिटाइजर प्रयोग गर्न माइकिङमार्फत अभियान चलाएको हो । 

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विनोदकुमार घिमिरेका अनुसार सोमबार प्रहरीले सात सय ५० जनालाई मास्क वितरण गरेको छ ।