Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १३ मंगलबार १२:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा विवाद : उपाध्यक्ष गौतमले दुवै अध्यक्षसामु अघि सारे ६बुँदे विवाद समाधानको प्रस्ताव (प्रस्तावको विवरणसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १३ मंगलबार १२:२३:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र उत्कर्षमा पुगेको विवाद समाधानका लागि पार्टीका उपाध्यक्ष वामदेव गौतमले दुवै अध्यक्षसामु ६बुँदे प्रस्ताव राखेका छन् । 

प्रस्तावमा उपाध्यक्ष गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने प्रस्ताव राखेका छन् । 

त्यसैगरी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने प्रस्ताव गौतमले गरेका छन् । 

साथै उनले पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने पनि प्रस्ताव गरेका छन् । 

उपाध्यक्ष गौतमले आफ्नो यस ६बुँदे प्रस्ताव दुवै अध्यक्षसमक्ष पेस गरेको पनि जानकारी दिएका छन् । 
हेर्नुहोस् उपाध्यक्ष गौतमले अघि सारेको ६ बुँदे प्रस्तावको पूर्ण पाठ –