Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ श्रावण १३ मंगलबार ११:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुई अध्यक्षको सहमतिमा बैठक स्थगन भएको होइन, हामी बैठक सुरु गर्ने कक्षमा तयारीमै छौँ : नारायणकाजी श्रेष्ठ

Read Time : < 1 मिनेट
२०७७ श्रावण १३ मंगलबार ११:५०:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबार बिहान ११ बजेबाट सुरु गर्ने भनिएको स्थायी कमिटी बैठक स्थगनको सूचना आधिकारिक नभएको बताएका छन् ।

केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाल र श्रीराम ढकालको नाममा ओली र प्रचण्डको सहमतिमा बैठक प्रस्ताव तयारीका लागि स्थगन भएको सूचना जारी भएपछि प्रवक्ता श्रेष्ठले त्यसरी प्रेषित सूचना आधिकारिक नभएको स्पष्ट पारेका हुन् ।

‘दुई अध्यक्षको सहमतिअनुसार आज बिहान ११ बजे बैठक बस्ने तय भएको हो । दुई अध्यक्षले स्थायी कमिटीमा सहमतिको प्रस्ताव पेस गर्ने यसअघिको स्थायी कमिटीले नै निर्णय गरेको हो । त्यसैले बैठक स्थगित गर्नेबारे दुई अध्यक्षको सहमति होइन, स्थायी कमिटीलाई त कुनै जानकारी नै छैन । त्यसैले प्रेषित सूचना आधिकारिक होइन,’ श्रेष्ठले भने, ‘अहिले हामी बैठक कक्षमै छौँ । अरू कमरेडहरूमा पनि सूचनाका कारण भ्रम परेकै छ, धेरै सदस्यहरू त आउनुभएको छ, कतिपय आउनेक्रममै हुनुहुन्छ, हामी बैठकको तयारीमै छौँ ।’ 

उनले ओली र प्रचण्डबीच छलफल हुने या नहुने विषयमा भने केही बताएनन् । प्रधानमन्त्री ओलीले छलफलका लागि अध्यक्ष प्रचण्डलाई बोलाएको अवस्थामा के हुन्छ भन्ने प्रश्नको जिज्ञाशामा श्रेष्ठले भने, ‘त्यो उहाँले जान्ने कुरा हो ।’

ओली र प्रचण्डबीच बिहान ९ बजे छलफल गरेपछि बैठक बस्ने कि नबस्ने निर्णय गर्ने भनिए पनि प्रचण्ड बालुवाटारमा ढिला पुगेका थिए । प्रचण्ड छलफलका लागि नआएको भन्दै ओलीका तर्फबाट केन्द्रीय कार्यालयका सचिवद्वयमार्फत बैठक स्थगनको सूचना सम्प्रेषित भएको थियो ।