१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण १३ मंगलबार १०:१७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल टेलिकमका सबै सेवाबारे जानकारी वेबसाइटबाटै

Read Time : > 1 मिनेट
२०७७ श्रावण १३ मंगलबार १०:१७:००

नेपाल टेलिकमले आफ्नो वेबसाइट परिमार्जन गरी थप ग्राहकमैत्री तथा जानकारीमूलक बनाएको छ । कम्पनीले यसको प्रयोगमार्फत विभिन्न जानकारी तथा सुविधाहरू प्राप्त गर्न सकिने गरी परिमार्जन गरेको हो ।  

वेबसाइटको होमपेजमै राखिएको सेल्फ केयर एकाउन्टको प्रयोग गरी विभिन्न सेवाबारे जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । सेल्फ केयर एकाउन्टमार्फत विभिन्न सेवामा रिचार्ज गर्न, ब्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरिद गर्न सकिने जनाइएको छ । आफन्त वा साथीभाइलाई प्याकेज गिफ्ट दिन पनि सकिन्छ । आफूले खरिद गरेको प्याकेजको भोल्युमका साथै मोबाइलमा उपलब्ध ब्यालेन्सका बारेमा समेत जानकारी लिन सकिने कम्पनीले जनाएको छ । रिचार्ज कार्डमा भएको पिन नम्बर प्रयोग गरेर तथा भिसा वा मास्टर कार्ड प्रयोग गरेर कम्पनीका विभिन्न सेवाहरूमा अनलाइन रिचार्ज पनि वेबसाइटबाटै गर्न सकिने जनाइएको छ ।  

नयाँ सिमकार्ड लिनका लागि आवश्यक केवाइसी फाराम पनि वेबबाटै भर्न सकिने जनाइएको छ । कम्पनीबाट उपलब्ध रोमिङ सेवा, एफएनएफ सेवा, नमस्ते क्रेडिट सेवा, मिस्डकल अलर्ट सेवा, डाटा रोमिङ र इन्टरनेसनल रोमिङ सेवा, भ्याल्यु एडेड सर्भिस, फोरजी एलटिई सेवा, फाइबर टू द होम सेवा, एडिएसएल सेवा, कर्पोरेट युजर ग्रुपजस्ता सेवाका बारेमा जानकारी लिन पनि सकिने जनाइएको छ । कम्पनीले उपलब्ध गराएका पोस्टपेड तथा प्रिपेड मोबाइल, ल्यान्डलाइन तथा अन्य विभिन्न सेवाका थप विशेषताका बारेमा यसबाट प्रशस्त उपयोगी जानकारी प्राप्त गर्न सकिने कम्पनीले दाबी गरेको छ । रिचार्ज कार्डका ६ वटासम्म अंकहरू मेटिएको अवस्थामा पनि वेबसाइटबाटै रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।  

नेपाल टेलिकमले वितरण गरेका स्थानीय टेलिफोन नम्बरका बारेमा जानकारी लिन तथा आफूले चाहेका व्यक्तिगत वा संस्थागत ग्राहकको नम्बर पनि वेबसाइटबाटै खोज्न सकिन्छ । आफूलाई आवश्यक पर्ने नेपाल टेलिकमका कुनै पनि सेवाका बारेमा खोजी गर्न अर्थात् सर्च गर्न सकिने सुविधासमेत वेबसाइटको होमपेजमै उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

वेबसाइटको होमपेजमै विभिन्न डाटा प्याकेजको जानकारी रहेको र यसैबाट डाटा प्याकेज खरिद गर्न सकिने कम्पनीले जनाएको छ । वेबसाइटबाटै कम्पनीका मोबाइल सेवा, ल्यान्डलाइन टेलिफोन, एफटिटिएच तथा एडिएसएल सेवाका बारेमा विविध जानकारी प्राप्त गर्न र सोधपुछ गर्न तथा गुनासाहरू दर्ता गराउन सकिने जनाइएको छ ।