मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १३ मंगलबार १०:१३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलद्वारा छात्रवृत्ति तथा  उत्कृष्टता सम्मान २०७७ प्रदान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १३ मंगलबार १०:१३:००

एनसेल प्राइभेट लिमिटेडले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७७’ अन्तर्गतको नगद पुरस्कार रकम हस्तान्तरण गरेको छ । पुल्चोक क्याम्पसका पाँच संकायका उत्कृष्ट विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्ति तथा उत्कृष्टता सम्मान गर्ने क्रममा एनसेलले यो वर्ष पनि छात्रवृत्ति प्रदान गरेको हो ।  

कोभिड–१९ का कारण शैक्षिक संस्थाहरू हाल बन्द रहेका र औपचारिक कार्यक्रम गर्न सम्भव नभएकाले एनसेलले यो वर्षको छात्रवृत्ति तथा उत्कृष्टता सम्मानअन्तर्गतको नगद पुरस्कार २४ लाख रुपैयाँको चेक पुल्चोक क्याम्पसलाई हस्तान्तरण गरेको जनाएको छ ।

एनसेलका प्रतिनिधिले पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. लक्ष्मण पौडेललाई हस्तान्तरण गरेका थिए । पुल्चोक क्याम्पसले छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पाउन उत्कृष्ट ठहरिएका इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ संकायका १८ जना विद्यार्थीलाई छात्रवृत्ति र ६ जनालाई उत्कृष्टता सम्मानस्वरूप जनही १ लाख रुपैयाँ नगद हस्तान्तरण गर्ने जनाएको छ । 

एनसेलले विगत ७ वर्षदेखि छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गर्दै आएको जनाएको छ । प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत  इन्जिनियरिङ विधामा युवा प्रतिभाको प्रोत्साहन गर्न पाएकोमा खुसी लागेकोे बताए ।