मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७७ श्रावण १२ सोमबार २१:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ईश्वर पोखरेलको आह्वान- महाधिवेशनको तयारीमा लागौँ, केन्द्रीय कमिटीले सर्वसम्मत तय गरेको मितिलाई नबिर्सौं

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७७ श्रावण १२ सोमबार २१:५५:००

नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले महाधिवेशनमा लाग्न आह्वान गरेका छन् । उपप्रधानमन्त्रीसमेत रहेका उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत एकता गर्दा पूरा गर्न बाँकी रहेका विचार, संगठन र नेतृत्वलाई व्यवस्थित र एकीकृत गर्न महाधिवेशनको तयारीमा लाग्न आह्वान गरेका हुन् । 

राष्ट्रिय आवश्यकताद्वारा निर्देशित भएर पार्टी एकता गरेको बताउँदै उनले केन्द्रीय कमिटीले सर्वसम्मतले महाधिवेशनका लागि तय गरेको मितिलाई नबिर्सन आग्रह गरेका छन् । 'त्यो ऐतिहासिक एकता गर्दा पूरा गर्न बाँकी रहेका विचार, संगठन र नेतृत्वलाई व्यवस्थित र एकीकृत गर्न राष्ट्रिय मञ्च अर्थात् महाधिवेशनको तयारीमा लागौँ, केन्द्रीय कमिटीले सर्वसम्मतिले महाधिवेशनका लागि तय गरेको मितिलाई नबिर्सौं' उनले भनेका छन् ।

केन्द्रीय कमिटीले आगामी चैतमा एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, केही समयअघि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओलीले आगामी मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।