१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण १२ सोमबार १८:४०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरामा रहेका पर्यटक भन्छन्, ‘नेपाल सुरक्षित छ, प्रक्रिया पूरा गरेर केही समय यतै बस्न चाहन्छौँ’

Read Time : > 1 मिनेट
२०७७ श्रावण १२ सोमबार १८:४०:००

पोखरामा रहेका विदेशी पर्यटकले अन्तर्राष्ट्रिय हवाई उडान खुलेको दुई साताभित्र स्वदेश फर्काउने नेपाल सरकारको निर्णयमा पुनः विचार गर्न आग्रह गरेका छन् । लकडाउनका वेला सहज पारिएजस्तै कोरोना संक्रमण कायम रहेको वर्तमान अवस्थामा पनि सहज गराउन उनीहरूले आग्रह गरेका हुन् । आफूहरू कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमै रहँदा सुरक्षित हुने भन्दै परिस्थितिको मूल्यांकन गर्न उनीहरूले अनुरोध गरेका हुन् ।

अमेरिकी नागरिक रक्सी जुलियानाले अमेरिकामा संक्रमण दर उच्च रहेको र नेपालबाट तत्काल फर्कन नचाहेको बताइन् । उनले नेपाल  सुरक्षित रहेको र यात्राका क्रममा संक्रमणको जोखिम उच्च हुने बताइन् । ‘हामी यहाँ (नेपालमा) नै सुरक्षित छौँ,’ उनले भनिन्, ‘सुरक्षित ठाउँबाट अमेरिकामा जाँदा बाटोमा जोखिम धेरै छ । पुगेपछि पनि भयाभव अवस्था छ ।’ नेपाल भ्रमण वर्ष २०२० को महत्वपूर्ण अवसर पारेर नेपालमा घुमफिरका लागि आए पनि परिस्थितिले साथ नदिएको उनले बताइन् । यद्यपि, सुरक्षित रहन नेपालीको साथ पाएको उनले बताइन् । ‘हामी हाम्रो चार महिना (कोरोना संक्रमणको अवधि) नेपालमा बितायौँ, त्यसले हामीलाई सुरक्षित रहेको अनुभव दियो र अहिले पनि हामी यहाँ नै सुरक्षित ठानेका छौँ,’ उनले भनिन् । 
पोखरामा सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरूले नेपाल सरकारले पहिलेदेखि नै दया र उदारता देखाइरहेको छ र वर्तमान संकटको अवस्थामा पनि थप केही समय यहीँ रहने वातावरण तयार पार्न आग्रह गरे । 

उरुग्वेका मार्टिन ओलास्कोआगाले आफ्नो देश पुग्न कम्तीमा पनि तीनदेखि चार देशमा ट्रान्जिट हुनुपर्ने बाध्यता रहेको सुनाए । उनले भने, ‘कम्तीमा तीन देशमा ट्रान्जिट हुनुपर्छ । ती देशहरू पनि कोरोनाको उच्च प्रकोपमा छन् । स्वदेश फर्किएपछि पनि धेरै यात्रा तय गर्नुपर्छ । जताततै संक्रमणको जोखिम अत्यधिक छ । त्यसैले नेपाल सरकारले निर्णयलाई पुनः विचार गरोस् ।’

पोखरामा दुई सय ५० विदेशी पर्यटक

पर्यटन प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक गणेश ढकालका अनुसार पोखरामा अहिले दुई सय ५० जना विदेशी पर्यटक छन् । त्यसमध्ये करिब एक सयजनाले स्वदेश फर्कन नचाहेको बताएका छन् । उनीहरूले भिसा अवधि थप्न आग्रह गर्दै आएका छन् । नेपालमा रहेका अधिकांश विदेशी पर्यटकले आफ्ना घरभन्दा नेपाल सुरक्षित ठानेका छन् । यात्रा र ट्रान्जिटमा उच्च जोखिममा हुने भएको र यात्राका क्रममा संक्रमित भए अन्य व्यक्ति र परिवारलाई समेत असर पर्ने इटलीका मार्की एन्टोनीले बताए । नेपालमा स्वस्थ रहेका आफूहरू यात्रामा रोग बोक्न र परिवारमा रोग बाँड्न स्वदेश फर्कन नचाहेको उनको भनाइ छ । यसका लागि नेपाल रहन आवश्यक सबै प्रक्रिया पूरा गर्न तयार रहेको उनले बताए । आफ्नो देशका नेपालस्थित दूतावासलाई समेत यसका लागि पहल गर्न आग्रह गरेको उनको भनाइ छ । 

बस्न चाहनेलाई राख्दा राम्रो : हान

पश्चिमाञ्चल होटेल संघ पोखराका अध्यक्ष विकल तुलाचनले विमानस्थल खुलेपछि विदेशी पर्यटकसमेत बोलाउने तयारीमा सरकार रहेका वेला यहीँ भएकालाई रमाउने वातावरण बनाउन उचित हुने बताए । ‘जब हामी एयरपोर्ट खोलेर विदेशीलाई बोलाउँदै छौँ भने यहीँ रहेकालाई प्रक्रिया पुऱ्याएर बस्न किन नदिने भन्ने हो,’ उनले भने, ‘भइरहेका पर्यटक पठाएर उल्टो बाटो अपनाउनुहुन्न । उनीहरूको आवाजलाई सरकारले सुन्दा र प्रक्रिया पुऱ्याएर नियमसम्मत राख्दा राम्रो हुन्छ ।’