मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण १२ सोमबार १७:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सोती घटनासम्बन्धी संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई पठाइयो 

Read Time : < 1 मिनेट
२०७७ श्रावण १२ सोमबार १७:२९:००

रुकुम पश्चिमको चौरजहारी, सोती घटना छानबिन संसदीय विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको प्रतिवेदन संघीय संसद्ले आवश्यक कार्यान्वयनका लागि सरकारलाई पठाएको छ।  संघीय संसद्को अधिवेशन नचलेको अवस्थामा प्राप्त प्रतिवेदन सरकारलाई पठाइएको हो । प्रतिवेदन यही ८ साउनमा पठाइएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ । 

रुकुम घटना छानबिनका लागि गठित संसदीय समितिका संयोजक देवेन्द्र पौडेलले गत ३० असारमा सभामुख सापकोटालाई प्रतिवेदन हस्तान्तरण गरेका थिए। गत २६ जेठ २०७७ मा बसेको प्रतिनिधिसभा बैठकबाट सोती घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेस गर्न पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो ।