१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
श्रवण थापा सर्लाही
२०७७ श्रावण १२ सोमबार १४:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खोलाले बगाएर बेपत्ता युवकको शव भेटियो

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ श्रावण १२ सोमबार १४:४२:००

जिल्लाको दक्षिण क्षेत्र विष्णु गाउँपालिकास्थित कुन्दी खोलामा बेपत्ता एक युवकको शव भेटिएको छ ।  

आइतबार विष्णु गाउँपालिका– ३ स्थित कुन्दी खोलाले बगाएर विष्णु गाउँपालिका– २ बस्ने मझरू रामका १८ वर्षीय छोरा नरेन्द्र राम बेपत्ता भएका थिए । खोलामा नुहाउने क्रममा बेपत्ता रामको सोमबार शव फेलापरेको हो । राम खोलामा डुबेर बेपत्ता भएलगत्तै स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

लगत्तै स्थानीय र प्रहरीको टोलीले खोजी गरेको भए पनि राम फेलापरेका थिएनन् । सोमबार पुनः बिहानैबाट खोजी गर्ने क्रममा घटनास्थलबाट सय मिटर तल रामको शव फेलापरेको इलाका प्रहरी कार्यालय गडहियाले जनाएको छ ।

जिल्ला अस्पताल मलंगवामा परीक्षणपश्चात् शव आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।