Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण १२ सोमबार १०:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले बुटवल–पाल्पा सडक अवरुद्ध

Read Time : < 1 मिनेट
२०७७ श्रावण १२ सोमबार १०:०५:००

अविरल वर्षाका कारण बुटवल–पाल्पा सडकखण्डमा तीन ठाउँमा पहिरो गएको छ । भारी वर्षापछि तीन स्थानमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

तिनाउ गाउँपालिकाकाे झुम्सा पुलनजिकै पानी मिल, दोभाननजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिरनजिक सडकमा गएराति ढुंगासहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख सइ पृथ्वीनारायण काफ्लेले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि उक्त सडकखण्ड हुँदै पाल्पाबाट बुटवल  र बुटवलबाट पाल्पा हुँदै अन्य जिल्लामा जाने सवारीहरू अलपत्र परेका छन ।

पानी परिरहेकाले पहिरो पन्छाएर सडक खुलाउन दिनभर लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।