१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ११ आइतबार १७:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चेपाङ बस्तीमा होइन, मकै हेर्न बनाइएको मचानमा आगो लगाइएको हो : वनमन्त्री बस्नेत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ११ आइतबार १७:२९:००

वनमन्त्री शक्ति बस्नेतले चितवनको कुसुमखोलामा चेपाङ बस्तीमा नभई मकै हेर्न बनाइएको मचानमा आगो लगाइएको बताएका छन् । कानुन, न्याय तथा मानव अधिकार समितिको आइतबार बसेको बैठकमा मन्त्री बस्नेतले बस्तीमा आगो नलगाइएको दाबी गरेका हुन् । 

उनले भने, त्यहाँ ११ घर मात्रै थिए । स्थानान्तरण भएकामध्ये कतिपयले मोटरसाइकलमा गएर दिनभर मचानमा बसेर मकै हेर्ने गरेको पाइयो । निकुञ्जले त्यसमै आगो लगाएको हो । मचानमा आगो लगाउनुका साथै गोठ भत्काइएकोसमेत उनले बताए ।

मन्त्रालयले घटनाको छानबिन गर्न सहसचिव नेतृत्वको टोली पठाएको पनि उनले समितिलाई जानकारी दिए । सहसचिवको नेतृत्वमा गएको टोलीको प्रारम्भिक विवरणअनुसार मचानमा मात्र आगो लगाएको उनले समितिलाई बताएका थिए । आगलागी भन्दै सार्वजनिक भएको फोटो कुसुमखोलाको नभएकोसमेत बस्नेतले दाबी गरे।