१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ श्रावण ११ आइतबार १५:१९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशमा १७ जना कोरोना संक्रमित थपिए

Read Time : < 1 मिनेट
२०७७ श्रावण ११ आइतबार १५:१९:००

सुदूरपश्चिम प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । 

सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा पछिल्लो २४ घन्टामा तीन सय ४६ जनाको थ्रोट स्वाबको नमुना परीक्षण गरिएकोमा १७ जनामा संक्रमण पुष्टि भएको हो । 

अछामका १४ र बाजुराका तीनजनामा संक्रमण भएकाे सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले जानकारी दिए ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार ८२ जना पुगेको छ । हालसम्म दुई हजार दुई सय ९६ जना संक्रमणमुक्त भएर घर फर्किसकेकाे प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सुदूरपश्चिममा पछिल्ला केही दिनयता नयाँ संक्रमण घट्दो क्रममा छ । संक्रमण दर न्यून देखिएपछि र संक्रमितहरू निको भएर फर्केपछि धनगढीमा सेती प्रादेशिक प्रादेशिक अस्पतालको काेरोना वार्ड अहिले खाली भएको छ ।

प्रदेशभर ५६ जना संक्रमितको विभिन्न जिल्लाका पाँचवटा अस्पतालका आइसोलेसनमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालयका कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले जानकारी दिए । अन्य संक्रमित स्थानीय तहका आइसोलेसनमा रहेकाे उनले बताए ।

सुदूरपश्चिममा हालसम्म पाँच सयभन्दा बढी संक्रमित देखिएका जिल्ला चारवटा छन् । 

कैलालीमा सबैभन्दा बढी एक हजार ७५ जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै अछाममा ६ सय ५१, डोटीमा ६ सय पाँच र कञ्चनपुरमा ५ सय १३ जनामा संक्रमण देखिएको कोरोना फोकल पर्सन कार्कीले बताए । 

अहिले साढे चार हजारजना क्वारेन्टाइनमा रहेका उनले जानकारी दिए ।