१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ११ आइतबार १४:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टिकटकमार्फत चिनजान, बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी, दुई युवती पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ११ आइतबार १४:५७:००

टिकटक तथा फेसबुकमार्फत युवाहरूसँग चिनजान गरी अमेरिका लैजाने भनेर ठगी गर्ने दुई युवती पक्राउ परेका छन् ।

आफूहरू अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएको र बिहे गरेर अमेरिका लैजाने भन्दै ठग्ने बाग्लुङ स्थायी घर भएका २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिमा केसीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

दुवैजना भक्तपुरको रोजभिलेजमा बस्नेमा ठगी गरेपछि पछिल्लो समयमा बुटवलमा लुकेर बस्दै आएका थिए ।

पीडितलाई टिकटक तथा फेसबुकमार्फत चिनजान गरेको र आफूहरू डिभी परेर अमेरिका आएको भन्दै उनीहरूले भ्रममा पारेर ठगेको अपराध महाशाखाका एसपी ईश्वर कार्कीले बताए ।

शर्माले डिपाटमेन्ट स्टोर सञ्चालनका लागि भनेर पाँच लाख मागेकी थिइन् । केसीले ऋण तिर्न भनेर पैसा मागेको र पछि उनीहरू सम्पर्कविहीन भएका थिए ।

त्यसरी पैसा लिनुअघि उनीहरूले ती युवकलाई बिहे गरेर अमेरिका लैजाने आश्वासन दिएका थिए ।

केसीले भने पीडितको छोरीलाई मीत लगाई अमेरिका लैजाने विश्वास दिलाएर एक लाख ६० हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।