मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ११ आइतबार १३:२४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

चार प्रहरीमा कोराना देखिएपछि प्रहरी प्रधान कार्यालय प्रवेशमा सर्वसाधारणलाई रोक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ११ आइतबार १३:२४:००

प्रहरी प्रधान कार्यालयमा कार्यरत केही प्रहरीलाई कोरोना भाइरस संक्रमण देखिएकाे छ । 

गाडी चलाउने काममा खटिएका प्रहरीलाई संक्रमण भएको हो । 

संक्रमित प्रहरी ब्यारेकमा बस्ने भएकाले अन्यलाई पनि संक्रमणको आशंकामा आइसोलेसनमा राखिएको छ ।

हालसम्म चारजनाको रिपोर्ट पोजेटिभ आएको एक प्रहरी अधिकारीले बताए । 

प्रहरीलाई संक्रमण देखिएपछि प्रहरी प्रधान कार्यालयमा बाहिरी व्यक्तिलाई प्रवेशमा रोक लगाइएको छ । 

संक्रमितसँग भेटघाट भएकालाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्न लागिएको छ । मुख्यालयका सबैजसो प्रहरीको परीक्षणको तयारी भइरहेको स्रोतले बतायो ।