मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
श्रवण थापा सर्लाही
२०७७ श्रावण ११ आइतबार १२:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाहीमा पोखरीमा डुबेर दुई बालिकाको ज्यान गयो

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ श्रावण ११ आइतबार १२:०४:००

सर्लाहीको ईश्वरपुरमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । 

गए साँझ ईश्वरपुर नगरपालिका– १४ हरकठवानिवासी रामपृत महतोकी १३ वर्षकी छोरी अञ्जलीकुमारी महतो र सोही स्थानका आनन्द महतोकी १० वर्षकी छोरी आरतीकुमारी महतोको पोखरीमा डुबेर मृत्यु भएको हो । 

घरनजिकै वनमा बाख्रा चराउन गएका उनीहरू राति अबेरसम्म पनि घर नफर्किएपछि परिवार र गाउँले मिलेर उनीहरूको खोजी गरेका थिए । 

खोजी गर्ने क्रममा सोही स्थानका प्रकाश महतोको निर्माणाधीन पोखरीको किनारमा उनीहरूले लगाएको कपडा र चप्पल फेलापरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालयको टोलीले पोखरीमा डुबेको अवस्थामा दुवै बालिकाको शव फेलापरेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । 

शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।