मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण ११ आइतबार ०९:२९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपाले श्रम शिविर सञ्चालन गरी पहिरोपीडितका घर निर्माण गरिदिने

Read Time : > 1 मिनेट
२०७७ श्रावण ११ आइतबार ०९:२९:००

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मर्स्याङ्दी गाउँ कमिटीले चन्दा संकलन र श्रमशिविर सञ्चालन गरी पहिरोबाट विस्थापितहरूको घरटहरा निर्माण गरिदिने भएको छ । मर्स्याङ्दी गाउँपालिकाको भुलभुलेमा बसेको गाउँ कमिटीको बैठकले श्रमशिविर सञ्चालन गरेर मर्स्याङ्दी गाउँपालिका- ३ पल्लोटारीका पहिरोपीडितहरूको घरटहरा निर्माण गर्ने निर्णय गरेको हो । 

जस्तापाता, बाँस, काठपात प्रयोग गरी घर निर्माण गर्न पार्टी नेता तथा कार्यकर्ताहरूलाई तीन दिनसम्म श्रमशिविरमा खटाइने निर्णय भएको गाउँ कमिटीका अध्यक्ष धनसिंह तामाङले बताए । गाउँ कमिटीले पहिरोपीडितको सहयोगका लागि प्रत्येक वडा कमिटी, निजामती कर्मचारी संगठन र शिक्षक संगठनलाई आर्थिक संकलनकाे जिम्मेवारी ताेकेकाे छ । 

गाउँ कमिटीका सचिव दयासागर घिमिरेका अनुसार वडा नं. १ लाई २५ हजार, वडा नं. २ लाई ५० हजार, वडा नं. ३ लाई ७५ हजार, वडा नं. ४ लाई २५ हजार, वडा नं. ५ लाई २५ हजार, वडा नं. ६ लाई २५ हजार, वडा नं. ७ लाई ५० हजार, वडा नं. ८ लाई ७५ हजार  र वडा नं. ९ कमिटीलाई ७५ हजारका दरले सहयोग संकलन गर्न गाउँ कमिटीले जिम्मेवारी तोकेको छ । 

बैठकले विपत् व्यवस्थापन समिति गठन गरी राहत वितरण तथा स्थानान्तरणको कार्य प्रभावकारी बनाउन गाउँपालिकालाई अनुरोध गरेको छ । पहिरोपीडितका लागि स्थायी बसोवासका लागि संघ, प्रदेश तथा स्थानीय सरकारसँग जोडदार माग गरेको गाउँ कमिटीका अध्यक्ष तामाङले बताए ।

बैठकले गाउँपालिकाभित्र बाढीपहिरोबाट भएको क्षतिको निरीक्षण गर्न संघीय सांसद, राष्ट्रिय सभा सदस्य, मुख्यमन्त्री, प्रदेश सभा सदस्य र पार्टी नेतृत्वलाई समेत अनुरोध गरेको छ । मर्स्याङ्दी गाउँपालिका-३ पल्लोटारीमा साउन ७ गते बुधबार बिहान आएको पहिरोले १९ घर र राति आएको पहिरोले दुई घर पुरिएपछि २१ घरमा पूर्ण क्षति पुगेको छ ।  

घरभन्दा तीन सय मिटरमाथिबाट आएको पहिरोका कारण उक्त गाउँका ८० घरका करिब चार सय परिवार विस्थापित भएका छन् । गाउँका ५९ घर पहिरोको उच्च जोखिममा रहेको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।