मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
स्टाभ्रोस पापागिअनिज
२०७७ श्रावण ११ आइतबार ०७:४८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

टर्कीले फरक आस्थाको सम्मान गर्नुपर्छ

एर्दाेगानको सत्ता अन्य धर्म र फरक आस्थामाथि सम्मान गर्दैन र ऊ आफ्नो अन्तर्राष्ट्रिय दायित्वको सम्मान गर्न इच्छुक छैन

Read Time : > 2 मिनेट
स्टाभ्रोस पापागिअनिज
२०७७ श्रावण ११ आइतबार ०७:४८:००

टर्कीको माथिल्लो अदालतले गत जुलाई १० मा एउटा विवादास्पद निर्णय गरेर स्तानाबुलस्थित छैटौँ शताब्दीको प्रसिद्ध गिर्जाघर हगिया सोफियाको परिचयलाई संग्रहालयबाट मस्जिदमा परिणत गरिदिएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दाेगानले त्यस संग्रहालयको स्थिति कायम राख्न अमेरिका, इयू (विशेषगरी, ग्रिस र फ्रान्स), रसिया र अन्य मुलुकले गरेको आग्रहलाई तिरस्कारपूर्ण बेवास्ता गरिदिए । हगिया सोफिया एउटा ऐतिहासिक धार्मिक स्थल हो । जुन रोमन क्याथोलिक र ग्रिक अर्थाेडक्स क्याथेडर्ल (गिर्जाघर) थियो । सन् १९३५ यता संग्रहालयका रूपमा रहेको यो ऐतिहासिक स्मारकलाई अहिले मस्जिदमा रूपान्तरण गरिएको छ । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत हगिया सोफियाको यो स्मारकले क्रिस्चियनका लागि विशेष महत्व राख्छ । उनीहरूका लागि यो एउटा महत्वपूर्ण पवित्र स्मारक र रोमन साम्राज्यकालीन क्रिस्चियन परम्पराको विरासत हो । 

अन्तर–आस्था र अन्तर–सांस्कृतिक संवादको प्रतिकका रूपमा रहेको हगिया सोफिया गिर्जाघरको स्थिति बदल्ने टर्कीको निर्णय युरोपविरुद्धको नयाँ उक्साहट हो । यसले टर्की असहिष्णु र अविश्वसनीय छ भन्ने उजागर गरेको छ । अघिल्लो दशक, एजिएन समुद्रमा टर्कीको उक्साहटपूर्ण गतिविधिले पूरै आक्रान्त रह्यो । इयूका सदस्य मुलुक साइप्रस र ग्रिस दुवै निरन्तर टर्कीको धम्कीमा रहे । लिबियामा राजनीतिक सम्झौताअन्तर्गत बनेको गभर्नमेन्ट अफ नेसनल एकोर्ड (जिएनए)को सरकारसँग समझदारीपत्रमा हस्ताक्षर भएपछि सन् २०१९ यता भने टर्कीको आक्रमकता शिखरमा पुगेको छ । दुई मुलुकबीच एउटा अत्यन्त विवादास्पद सम्झौता गरेर समुद्री सिमानालाई मनोमानी ढंगले कोरेका छन् । 

टर्कीले निभाइरहेको भूमिकाबाट इयू आफ्नो सीमा सुरक्षा सुनिश्चितता गर्न सक्षम छैन भन्ने उजागर गर्छ । यो एकदमै विरोधाभासपूर्ण हो । 

यसैगरी, सन् २०१९ मा मात्रै पनि टर्कीको सैन्य विमानले ग्रिसको हवाई क्षत्रेको ४ हजार ८ सय ११ पटक उल्लंघन ग¥यो । एथेन्सका अनुसार, सन् १९८७ यताकै यो सबैभन्दा ठूलो उल्लंघन हो । अंकाराले तनावलाई चरममा पु¥याउन खोजेको देखिन्छ । ऊ एजियन समुद्रमा सैन्य घटनासँग डरलाग्दो तरिकाले जिस्किरहेको छ । गत मार्चमा, टर्कीले युरोपसँगको सीमा निर्वाध छाडिदिने घोषणा गरेपछि त्यहाँबाट हजारौँहजार शरणार्थी तथा अन्य अप्रवासीहरू ग्रिस छिर्ने प्रयास गरेका थिए । त्यसबखत, टर्की भएर ग्रिसमा अनधिकृत प्रवेश गर्न खोज्ने ३८ हजारभन्दा धेरै प्रयासलाई आफूले असफल बनाएको ग्रिस बताउँछ ।

इयूले अपूर्व परिस्थितिको सामना गरिरहेको ग्रिससँग आफ्नो पूर्ण ऐक्यबद्धता रहेको जनाउनेबाहेक इयूले खासै केही गरेको छैन । तर, इयू र ग्रिसको वक्तव्यमा इयूको बाह्य सीमा सुरक्षा गर्न आफूहरू कटिबद्ध रहेको भनेका छन् । साइप्रस, सिरिया र लिबियामा टर्कीको सैन्य हस्तक्षेपले पूरै पूर्वी भूमध्यसागरको क्षेत्र र मध्यपूर्वलाई अस्थिर बनाइरहेको छ । जब सन् २०१६ बाट ह्वाइटहाउसमा अन्तर्राष्ट्रिय सम्बन्धबारे अनभिज्ञ आए, त्यसयता अंकाराले पूरै क्षेत्रमा आक्रमक व्यवहार बढाएको छ । सन् १९७४ यता टर्कीले साइप्रसको एकतिहाई भूभागमा कब्जा जमाइराखेको छ । साइप्रसको जलक्षेत्रमा तेल र ग्यासको गैरकानुनी उत्खनन रोक्न युरोपेली संघबाट बारम्बार दिइएको चेतावनीलाई अंकाराले बेवास्ता गरेको छैन ।

टर्कीले साइप्रसको तटवर्ती जलक्षेत्रमै उत्खनन गर्ने प्रयास पनि गरेको छ । जुन क्षेत्रमा इटालीयन तेल कम्पनी इनी र फ्रेन्सेली कम्पनी टोटलले उत्खननको अनुज्ञा पाएका छन् । टर्कीलाई आफ्नै आणविक हतियार चाहिएको एर्दाेगान खुलमखुल्ला बताउँछन् । त्यसैले, इयूले सदस्य मुलुकहरूलाई कागजमा ऐक्यबद्धता देखाउने होइन, आफ्नो जिम्मेवारीलाई गम्भीर ढंगले लिने समय आइसकेको छ । युरोपेली संघको विदेश मामिलाका उच्च प्रतिनिधि जोसेप बोरेलले केही हप्ताअघि लिबियामा हस्तक्षेप बन्द गर्न अंकारासँग अनुनय गरेका छन् । टर्कीले उत्तर अफ्रिकामा दैनिक हजारौँ सैनिक पठाइरहेको छ र संयुक्त राष्ट्रसंघको निषेधाज्ञा उल्लंघन गरिरहेको छ । टर्कीले निभाइरहेको भूमिकाबाट इयू आफ्नो सीमा सुरक्षा सुनिश्चितता गर्न सक्षम छैन भन्ने उजागर गर्छ । यो एकदमै विरोधाभासपूर्ण हो । 

यसले इयूको विदेश मामिला र अप्रवासनबारेको नीतिमा चरम कमजोरी रहेको उजागर गर्छ । प्रश्न उठ्छ, हतियारबद्ध द्वन्द्व भए इयूले के गर्ला ? भिड्न जालान् वा अन्य बाटो समात्लान् ? हगिया सोफियालाई मस्जिदमा परिवर्तन गर्नु केवल स्मारकहरूको विश्वव्यापी महत्वको मात्रै सवाल होइन । बरु यसले इयू, अमेरिका, ग्रिस, रसिया र युनेस्कोसँगको टर्कीको सम्बन्धलाई नकारात्मक प्रभाव पार्नेछ । यसले एर्दाेगानको सत्ता अन्य धर्म र फरक आस्थामाथि सम्मान गर्दैन, ऊ आफ्नो अन्तर्राष्ट्रिय दायित्वको सम्मान गर्न इच्छुक छैन भन्ने देखाउँछ । धर्महरू र मानिसबीचको सम्मानको प्रतीकका रूपमा रहेको हगिया सोफियालाई असाधारण एवं सार्वभौमिक महत्वको ऐतिहासिक स्मारकका रूपमा पुनः स्थापित गर्नैपर्छ । 

(पापागिअनिज ब्रसेल्सस्थित एसटिपी कम्युनिकेसन्सका प्रबन्ध निर्देशक र रिब्रान्डिङ युरोप पुस्तकका लेखक हुन्)
(युरोन्युजबाट)