१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ११ आइतबार ०८:११:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एभरेस्टको ‘चाडपर्व विशेष कर्जा योजना’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ११ आइतबार ०८:११:००

एभरेस्ट बैंकले ‘चाडपर्व विशेष कर्जा योजना’ ल्याएको छ । बैंकले घरकर्जा, साना तथा मझौला उद्योग कर्जा, गाडी तथा मोटरसाइकल कर्जा तथा व्यक्तिगत कर्जाका लागि योजना ल्याएको हो । 

साउन ५ गतेदेखि कात्तिक ४ गतेसम्म लागू हुने यस योजनामा घर कर्जा ८.२५ प्रतिशत, साना तथा मझौला उद्योग कर्जा ८.२५ प्रतिशत, गाडी कर्जा ९.५५ प्रतिशत, मोटरसाइकल कर्जा १०.५५ प्रतिशत तथा व्यक्तिगत कर्जा ९.५५ प्रतिशत ब्याजदरमा उपलब्ध हुने बैंकले जनाएको छ । यस चाडपर्व विशेष कर्जा योजनामा प्रशासनिक शुल्क ०.५० प्रतिशत मात्र हुने साथै अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्र्जा स्वाप गर्दा सेवाशुल्कमा अतिरिक्त छुट हुने जनाइएको छ ।

यस योजनामा सहभागी हुने ग्राहकलाई क्रेडिट कार्ड लिँदा ५० प्रतिशत छुटसमेत उपलब्ध हुने बैंकले जनाएको छ । बैंकले ९५ शाखा, प्रादेशिक कार्यालय, १ सय २४ एटिएमसहित ३१ राजस्व संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको जनाएको छ ।