मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण ११ आइतबार ०६:१२:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोरोनाविरुद्ध आशा जगाएका खोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण ११ आइतबार ०६:१२:००

कोभिड–१९ महामारी रोकथामका लागि विभिन्न मुलुकमा २३ वटा खोप क्लिनिकल परीक्षणमा छन् । जनावरमा प्रारम्भिक परीक्षण सकेर ती खोप मानिसमा दोस्रो र तेस्रो चरणको परीक्षणमा छन् ।

परीक्षणमा रहेकामध्ये सबैभन्दा अगाडि बेलायतको अक्सफोर्ड विश्वविद्यालयले परीक्षण गरिरहेको ‘अक्स-१ कोभ-१९’ नामक खोपलाई मानिएको छ

तीमध्ये सबैभन्दा अगाडि बेलायतको अक्सफोर्ड विश्वविद्यालयले परीक्षण गरिरहेको ‘अक्स-१ कोभ-१९’ नामक खोपलाई मानिएको छ । यसको निर्माण र परीक्षणको नेतृत्व विश्वविद्यालयको जेनर इन्स्टिच्युट अफ भ्याक्सिनोलोजीकी प्राध्यापक सराह गिल्बर्टले गरिरहेकी छन् ।

मानिसमा गरिएको पहिलो चरणको परीक्षणबाट यसले आशा जगाएको छ । अहिले दक्षिण अफ्रिका, ब्राजिललगायत मुलुकमा तेस्रो चरणको परीक्षण भइरहेको छ । ‘अक्स–१ कोभ–१९’ का सबै परीक्षण सफल भएमा छिटै संसारले कोभिड-१९ रोकथाममा फड्को मार्नेछ ।

यस्तै, अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थ र बायोटेक्नोलोजी कम्पनी मोडर्नाको सहकार्यमा तयार भएको ‘एमआरएनए-१२७३’ नामक खोपप्रति पनि आशा गरिएको छ । यसको दोस्रो चरणको क्लिनिकल परीक्षण भइसकेको छ ।

चीनको सिनोभाक लाइफ साइन्स कर्पोरेसनले बनाएको खोपले बंगलादेशमा तेस्रो चरणको परीक्षण अनुमति पाएको छ । यो खोप ब्राजिल र इन्डोनेसियामा पनि परीक्षण हुने छ ।

चीनको सिनोभाक लाइफ साइन्स कर्पोरेसनले बनाएको खोपले बंगलादेशमा तेस्रो चरणको परीक्षण अनुमति पाएको छ । यो खोप ब्राजिल र इन्डोनेसियामा पनि परीक्षण हुने छ ।

रुसको इन्स्टिच्युट अफ ट्रान्सलेसनल मेडिसिन एन्ड बायोटेक्नोलोजीले पनि कोभिड–१९ विरुद्ध खोप बनाएको छ । मानिसमा गरिएको परीक्षण सुरक्षित देखिएको मस्को स्टेट युनिभर्सिटीको दाबी छ ।

अमेरिकी बायोटेक्नोलोजी कम्पनी ‘इनोभियो फर्मास्युटिकल्स’ले तयार पारेको खोपलाई ‘आइएनओ-४८००’ नाम दिइएको छ । पहिलो चरणको क्लिनिकल परीक्षणमा यो खोप सुरक्षित देखिएको कम्पनीको दाबी छ ।

चिनियाँ कम्पनी क्यानसिनो बायोलोजिक्स पनि ‘एडी-५ एनकोभ’ नामक खोप तेस्रो चरण परीक्षणको तयारीमा छ । यस खोपमा उक्त कम्पनीका साथमा इन्स्टिच्युट अफ बायोटेक्नोलोजी तथा एकेडेमी अफ मिलिटरी मेडिकल साइन्सेसको पनि सहकार्य छ ।

चीनको सेन्जेन जिनोइम्युन मेडिकल इन्स्टिच्युटले ‘एलभी-एसएमइएनपी–डिसी’ नामक खोपमा काम गरिरहेको छ । र, यसको पनि मानिसमा परीक्षण जारी छ ।

त्यसबाहेक अमेरिकी कम्पनी गिलिएड साइन्सले उत्पादन गर्ने ‘रेमडेसिभिर’ नामक औषधिबाट गम्भीर अवस्थाका बिरामी छिटै ठीक हुने दाबी गरिएको छ । तर, यो औषधि कोभिड-१९ का बिरामीलाई कति सुरक्षित छ भन्ने यकिन भएको छैन । किनकि, यसको साइड इफेक्ट पनि उत्तिकै छ ।