१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ श्रावण १० शनिबार १४:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नारायणहिटीबाट गणतन्त्र स्मारक र गणतन्त्र संग्रहालय हटाउनुपर्छ : माधव नेपाल 

Read Time : < 1 मिनेट
२०७७ श्रावण १० शनिबार १४:१५:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नारायणहिटीबाट गणतन्त्र स्मारक र गणतन्त्र संग्रहालय हटाउनुपर्ने बताएका छन् । नारायणहिटीभित्र गणतन्त्र स्मारक निर्माण गर्न नहुने भए पनि गलत तरिकाले बनाइएको उनको भनाइ छ ।

राजतन्त्र अन्त्य, जनआन्दोलनको सफलता र गणतन्त्र तथा त्यो उपलब्धि प्राप्तिका लागि सहादत गर्नेहरूको सम्झनामा निर्माण गरिएको गणतन्त्र स्मारक नारायणहिटीबाट हटाएर अन्य ठाउँमा निर्माण गर्नुपर्ने नेता नेपालको भनाइ छ । 

पटक–पटक गणतन्त्र स्मारक हटाउनुपर्ने धारणा राख्दै आएका नेता नेपालले बिहीबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नारायणहिटीबाट हटाएर त्यसलाई अन्यत्रै सार्नुपर्ने बताए ।  नारायणहिटीमा गणतन्त्र स्मारक र संग्रहालय बनाउनुभन्दा त्यहाँ राजाहरूको पुरानो जग देखिने गरी विकास गर्नुपर्ने धारणा उनको छ । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भने, ‘गणतन्त्र स्मारक त्यहाँ राख्नु उपयुक्त छैन । त्यसका लागि छुट्टै संग्रहालय बनाउनुपर्छ, गणतन्त्र संग्रहालय । जसमा जनताको आन्दोलन र सामाजिक आन्दोलनदेखि लिएर सबै कुरा बेग्लै किसिमको संग्रहालय गणतन्त्र आइसकेपछिको नेपालले बनाउनुपर्छ । नारायणहिटीलाई राजा–महाराजले पुरानो इतिहासको सम्पूर्ण झलक देखिने गरी बनाउनुपर्छ । त्यहाँ अरू कुनै कुराहरू गर्नुहुँदैन ।’