मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ श्रावण १० शनिबार ११:५९:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

शंकराचार्यद्वार अगाडि निर्माण भएको ‘फ्ल्याग टावर’को उद्घाटन

Read Time : < 1 मिनेट
२०७७ श्रावण १० शनिबार ११:५९:००

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले संसदीय विकास कोषबाट  शंकराचार्यद्वार अगाडि निर्माण गराएका राष्ट्रिय झन्डासहितको ‘फ्ल्याग टावर’को उद्घाटन गरेका छन् ।

१३ लाख ६२ हजार रुपैयाँमा निर्माण भएकाे एक सय दश फिट उचाइको टावरमा ३० फिट लामो राष्ट्रिय  झन्डाको सांसद यादवले उद्घाटन गरेका हुन् ।

संसदीय पूर्वाधार विकास कोषबाट १० लाख र बाँकी रकम आफ्नो तलब भत्ताको रकमबाट फ्ल्याग टावर निर्माण गरिएको सांसद यादवले बताए  ।

मुलुकको मुख्य प्रवेशद्वारमा राष्ट्रको गौरव र सम्पूर्ण नेपालीको पहिचान झल्कने राष्ट्रिय झन्डा स्थापना गरेर गर्वको अनुभूति भएको उनले बताए ।

खुला सीमाका कारण वीरगन्ज र रक्सौललाई छुट्याउन नसक्ने भएकाले नेपाल प्रवेश गर्ने विदेशीलाई नेपालमा प्रवेश गरेको अनुभूति यो राष्ट्रिय झन्डाले दिनेछ ।