१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ श्रावण ९ शुक्रबार १५:२०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना त्रास : वीरगन्जमा अनिश्चितकालीन निषेधाज्ञा

Read Time : < 1 मिनेट
२०७७ श्रावण ९ शुक्रबार १५:२०:००

पर्सामा कोरोनाका संक्रमित बढ्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा लगाउने निर्णय गरेको छ । 

जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले वीरगन्ज महानगरपालिकामा शनिबारदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

उनले विभिन्न राजनीतिक दल, संघ–संगठनसँग छलफल गरेर निषेधाज्ञा लगाउने निर्णय भएको बताए । 

अब निषेधाज्ञा लगाउनुका साथै परीक्षणको दायरा बढाउने निष्कर्षमा पुगिएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए । 

परीक्षणका लागि आवश्यक पूर्वतयारी गर्न र नागरिकलाई सरसामानको जोहो गर्नका लागि शुक्रबार एक दिनबाहिर निस्कनका लागि दिइएको र यसपालिको निषेधाज्ञा पहिलेकोभन्दा अझ कडा हुने बस्नेतले जानकारी दिए । 

कोरोना भाइरसको संक्रमण रोक्न मानिसको आवागमन र घुमफिर नियन्त्रण गर्नुपर्ने, परीक्षणको दायरा बढाएर संक्रमितलाई समाजबाट अलग राख्न महत्वपूर्ण हुने बस्नेतले बताए ।

उनले स्थानीय प्रशासन र स्थानीय सरकारले आमनागरिकलाई सहयोग गर्नका लागि अपिलसमेत गरेको बताए ।