१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण ९ शुक्रबार १५:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश १ सभाको  बजेट अधिवेशन  अन्त्य    

Read Time : < 1 मिनेट
२०७७ श्रावण ९ शुक्रबार १५:०३:००

 प्रदेश १ सभाको  चालू बजेट अधिवेशन शुक्रबारदेखि अन्त्य भएको छ । प्रदेश सरकारको निर्णयअनुसार प्रदेश प्रमुखको सिफारिसमा सभामुख प्रदीपकुमार भण्डारीले शुक्रबार प्रदेश सभाको छैटाैँ तथा बजेट अधिवेशन अन्त्य भएको जानकारी गराए ।

 प्रदेश १ सभाको छैटाैँ तथा  बजेट अधिवेशन  १४ जेठमा  सुरु भएको थियो । बजेट अधिवेशनका क्रममा प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेटसँगै १० वटा विभिन्न विधेयक पनि पारित भएका छन् । बजेट अधिवेशनमा जम्मा ३७ वटा बैठक सम्पन्न भएका थिए । 

कोरोना संक्रमण हुने भयले ६ चैत २०७६ देखि नै प्रदेश १ सभाको हिउँदे अधिवेशनको बैठक स्थगित भएको थियो । लकडाउन बढेपछि ३ वैशाख ०७७ देखि हिउँदे अधिवेशन औपचारिक रूपमा अन्त्य भएको थियो ।