Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रासस/एएफपी/एएनआइ वासिङ्टन
२०७७ श्रावण ९ शुक्रबार १४:२४:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकामा कोरोना संक्रमण बढ्दै गएपछि रिपब्लिकन पार्टीको भेला स्थगित

Read Time : < 1 मिनेट
रासस/एएफपी/एएनआइ वासिङ्टन
२०७७ श्रावण ९ शुक्रबार १४:२४:००

कोरोना संक्रमण फैलिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा आयोजना गर्न लागिएको रिपब्लिकन पार्टीको चुनावी सभा स्थगित गरेका छन् ।  

अमेरिकामा दिनप्रतिदिन बढ्दो कोरोना भाइरस प्रकोपका कारण उक्त सम्मेलन स्थगित गरिएको राष्ट्रपति ट्रम्पले बताएका छन् । 

‘यो समय सम्मेलन गर्नका लागि उचित होइन । त्यसैले यो सम्मेलन स्थगित गर्नुपर्छ म साथीहरूलाई अनुरोध गर्नेछु,’ राष्ट्रपति ट्रम्पले भनेका छन् ।

ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले अर्को महिना ज्याक्सनभिल्लेमा गर्न लागिएको अर्को भेला पनि रद्द गरेको जानकारी दिए । राष्ट्रपति ट्रम्पले यस्तो संकटको समयमा ठूला, भिडभाडयुक्त भेला गर्नु उपयुक्त नभएको स्पष्ट पारे ।

अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयले संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४० लाखभन्दा बढी पुगिसकेको विवरण सार्वजनिक गरेको केही घन्टापछि राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।  

राष्ट्रपति ट्रम्पले उत्तरी क्यारोलिनामा चाँडै अर्को भेला आयोजना गर्ने जानकारी दिए ।

यो बैठकले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावका लागि रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति ट्रम्पलाई पुनः उम्मेदवार बनाउन औपचारिक मनोनयन गर्नेछ ।