१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मार्वान बिसरा
२०७७ श्रावण ९ शुक्रबार ०९:५४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ट्रम्पको ‘सुन्दर’ असफलता

अमेरिकी राष्ट्रपतिको सेल्सम्यानसिपले स्टेट्सम्यानसिपलाई जितेको छ

Read Time : > 2 मिनेट
मार्वान बिसरा
२०७७ श्रावण ९ शुक्रबार ०९:५४:००

गत सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजसँग भने, ‘हामीले दुईवटा विश्वयुद्ध जित्यौँ, ती सुन्दर विश्वयुद्ध, जुन क्रूर र भयानक थिए ।’ उनको यो भनाइबाट अब रुने कि हाँस्ने ? पक्कै पनि, यो उनको उदेकलाग्दो वक्तव्य हो । तर, अमेरिकी राष्ट्रपतिबाट यस्तो क्रूर अभिव्यक्ति सुन्नु आफैँमा उदेकलाग्दो मात्रै होइन, दिक्कलाग्दो पनि हो । उनी प्रतिष्ठित आइभी लिगबाट दीक्षित भएको र आफूमा ‘उत्कृष्ट शब्दहरू’को भरपूर भण्डारण भएको घमन्ड गर्छन् । तर, उनको यस्तो कमजोर र निम्छरो भाषण र ‘अथाह’, ‘अद्भूत’ र ‘सुन्दर’ जस्ता केही थोरै शब्दहरू बारम्बार दोहोर्‍याउने बानीले भने अरू नै कथा कहन्छ ।

विश्वयुद्धको सन्दर्भमा उनले ‘सुन्दर’ शब्दको प्रयोग गर्नु उनमा केही मनोविद्ले दाबी गरेको डिमेन्सिया (विकृत मनोदशा)का कारण जिब्रो चिप्लिएकाले पनि हुन सक्छ । यसले, अर्कै भयावहतर्फ संकेत गर्छ । ट्रप्पको मनसाय ठ्याक्कै यसो नहुन पनि सक्छ । तर, दस्ताबेजले उनको ‘सुन्दर (ब्युटिफुल)’ शब्दको प्रयोग उनको सेल्सम्यानसिपको लामो इतिहाससँग जोडिने देखिन्छ । अर्काे शब्दमा भन्दा यो उनको कपटसँग जोडिन्छ । त्यस्तै, ट्रम्प कहिले ‘सुन्दर, सफा कोइला’ प्राप्त गरेको भनी घमन्ड गर्छन् । र, वातावरणका दृष्टिले विवादास्पद डकोटा एक्सेसको तेल पाइपलाइनलाई समेत ‘सुन्दर’ भनिदिन्छन् । उनी दासता कायम राख्न लडेका व्यक्तिको ‘सुन्दर सालिक’ झिक्नु परेकोमा गुनासो गरिदिन्छन् । कहिले चाहिँ ‘नयाँ, अद्भूत अनुदारवादी न्यायाधीश’ नियुक्ति गरेँ भनेर मखलेल हुँदै घमन्डले फुलिदिन्छन् ।

त्यसैगरी, उनले मेक्सिकोसँगको सीमामा ‘वास्तविक, अग्ला र सुन्दर’ पर्खाल लगाउने वाचा गरे । तर, जब कंग्रेस र अधिकांश अमेरिकी यस योजनाको विरोधमा उभिए, उनी यसैका लागि राष्ट्रिय आपत्काल घोषणा गर्न उद्वेलित बने । ट्रम्पले अमेरिकामा लागुऔषध, गैरकानुनी आप्रवासन र मेक्सिकोले मूल्य तिर्ने दलिल दिएर आफ्नो त्यो ‘सुन्दर पर्खाल’ बनाउने असामान्य निर्णयलाई सही ठहर्‍याउन थाले । यथार्थमा सीमामा पर्खाल निर्माणले सीमा नाघेर आउनेलाई र लागुपदार्थ तस्करीलाई कम गरेको छैन । बरु पछिल्लो समय यो थप बढ्न पुगेको छ । अझै ठूलो कुरा के हो भने मेक्सिको हाम्रो व्यापार साझेदार हो, शत्रु होइन । सन् २०१७ मा जब ट्रम्पले राष्ट्रपतिका रूपमा पहिलो विदेश भ्रमण रियादमा गरे, त्यहाँ उनले खाडी मुलुकको सुरक्षा राम्रो हुने र अमेरिकी रोजगारी पनि बढ्ने भन्दै कतारलाई दसौँ अर्ब डलरका ‘सुन्दर हतियार’ बेच्न चाहेको भनेर खुबै बढाइ–चढाइ कुरा गरे । 

गत सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजसँग भने, ‘हामीले दुईवटा विश्वयुद्ध जित्यौँ, ती सुन्दर विश्वयुद्ध, जुन क्रूर र भयानक थिए ।’ उनको यो भनाइबाट अब रुने कि हाँस्ने ?

तर, त्यसको केही दिनपछि नै जब कतारलाई अपुष्ट आरोपकै भरमा साउदी अरब, युएई र बहराइनले नाकाबन्दी लगाए, उनी तिनीहरूकै पक्षमा उभिन पुगे । उनले ती मुलुकलाई शान्त बनाउन प्रयास गरेनन्, बरु इजरायलको लहलहैमा इरानसँगको आणविक सन्धि तोडेर यो क्षेत्रलाई थप अशान्त बनाउन लागिपरे । त्यसैगरी, जब इरानको रिभोलुसनरी गार्डका प्रमुख जर्नेल कासेम सुलेमानी मारिए, ट्रम्प हतियारमा २० खर्ब डलर खर्चिने र इरानलाई ‘ब्रान्ड न्यु ब्युटिफुल’ हतियारले ध्वस्त पारिदिने गुड्डी हाँक्न पुगे । साथै, उनले सिरियाको गोलान हाइट्सलाई इजरायलको भूमिका रूपमा र जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिन अनुरोध गर्ने इजरायल र अरबका सन्की नेताहरूको प्रशंसा गर्दै उनीहरू ‘सुन्दर र बहादुर’ भएको प्रशंसाका गीत गाए ।

जब उनले आफ्ना भूतपूर्व निजी कानुनी सल्लाहकार एवं वर्तमान इजरायलका लागि अमेरिकी राजदूत डेभिड फ्रिड्म्यानको मुहार कस्तो निश्चल छ भने ‘अद्भूत, सुन्दर शिशु’को जस्तो छ भनेर बखान गरिदिए । ट्रम्पको यो ‘सुन्दर’ नीति जसरी मध्यपूर्वमा असफल छ, उसैगरी पूर्वी एसियामा पनि असफल छ । उत्तर कोरियाली नेता किमजोङ उनसँगको हार्दिक मित्रताको प्रशंसा पनि गर्छन् र लगत्तै उनलाई धम्कीपूर्ण सुन्दर पत्र पनि पठाउने गर्छन् । सन् २०१८ को शिखर सम्मेलनमा उत्तर कोरियाले आफू आणविक हतियार परित्याग गर्न तयार रहेको बताएपछि ट्रम्पले अमेरिकीहरू अब ढुक्क भएर मस्तसँग सुत्न सक्ने घोषणा गरेका थिए । त्यसलगत्तैको वर्ष ट्रम्पले किमको आफ्नो देशप्रति महान् र सुन्दर लक्ष्य रहेको भनेर प्रशंसा गरेका थिए । जुन सबैले बुझ्ने एउटा ठूलो झुट र राजनीतिक पाखण्ड थियो । 

तर, किमसँगको उनको रोमान्स छिट्टै आणविक हतियार बोक्न सक्षम लामो दूरीको मिसाइल परीक्षणमा टुंगिन पुग्यो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ नेतृत्व सी जिनपिङबाट आफूले ‘सुन्दर पत्र’हरू प्राप्त गरेको भनेर ट्रम्प मखलेल हुन्छन् । अब पनि, ट्रम्पका अरू ‘सुन्दर’बारे भन्नुपर्ला र ? हुन त ट्रम्पले साउदी राजकुमार मोहम्मद विन सलमानबाट समेत एउटा सुन्दर वर्थडे कार्ड पाएका हुन् । तिनै राजकुरमार पछि राजपरिवारका अन्य सदस्य, पत्रकार र मानव अधिकारवादीमाथि खनिएका छन् । राष्ट्रपति ट्रम्पले फेरि पनि आफ्नो यस्तै ‘सुन्दर स्वभाव’ र ‘सुन्दर साना हातका’ साथ मध्यपूर्व र भावी पुस्ताको उज्ज्वल र सुन्दर भविष्यका लागि आफ्नो कार्य जारी राख्ने वाचा गरेका छन् । 

(बिसरा अलजजिराका वरिष्ठ राजनीतिक विश्लेषक हुन्)
अलजजिराबाट