१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
मध्यपहाडी लोकमार्ग बाग्लुङ खण्डको बोक्सेमा गएको पहिरो । 
२०७७ श्रावण ८ बिहीबार २१:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुल्यो

Read Time : < 1 मिनेट
२०७७ श्रावण ८ बिहीबार २१:२४:००

पहिरोका कारण मंगलबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको बाग्लुङखण्ड खुलेको छ । लोकमार्गको बिहुँ–बाग्लुङखण्डअन्तर्गत बोक्सेमा खसेको पहिरोले सडक अवरुद्ध हुँदा तीन दिनदेखि सवारीसाधन बीचबाटोमै रोकिएका थिए । 

पहिरोले लोकमार्ग मात्र नभई सिगाना हुँदै बरेङ जाने सडक पनि अवरुद्ध बनेको थियो । बुधबारदेखि नै पहिरो हटाउन प्रयास भए पनि बिहीबार साँझ मात्रै एकतर्फी रूपमा यातायात सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय बाग्लुङका प्रशासकीय अधिकृत केशव लामिछानेले बताए । 

गलकोट खण्ड भसियो 
लगातारको वर्षाले लोकमार्गको गलकोट खण्डको ठाउँठाउँमा भासिएको छ । गलकोट नगरपालिका–१ र २ का विभिन्न स्थानमा सडक भासिएको स्थानीयले बताएका छन् । 

गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, नगर उपप्रमुख रेणुका काउचा मगरसहितको टोलीले लोकमार्गको स्थलगत अवलोकन गरेको छ । नगरप्रमुख  गैरेका अनुसार दुदिलाभाटीको भुंखानीमा ४० मिटर, काफलठुटामा १० मिटर, चौराहामा १० मिटर, जम्दारे घुम्तीमा २० मिटर सडक भासिएको हो । सडक भासिएपछि तल्लो क्षेत्रमा पहिरो पनि खसेको छ । पहिरोले किसानको खेतीपाती बगाएको छ । कतिपय स्थानमा सडक चिरा परेको गैरेले बताए । सडक चिराचिरा परेपछि नरेठाटी बजेनीका नौ घर पहिरोको उच्च जोखिममा छन् ।