Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ८ बिहीबार १८:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अयोध्यासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिबारे संसदीय समितिमा छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ८ बिहीबार १८:१२:००

भगवान् रामको जन्म नेपालमा भएको भन्ने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिले संसदीय समितिमा पनि प्रवेश पाएको छ । ‘रामको जन्म नेपालमा भएको र अयोध्या नेपालमा पर्छ’ भनेर प्रधानमन्त्रीले अभिव्यक्ति दिएपछि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा यो विषयले प्रवेश पाएको हो । 

सांसदहरूले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका छन् । कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले अयोध्या र ठोरीका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई व्यक्तिगत रूपमा लिन नहुने बताए । उनले ठोरीको अनुसन्धानका लागि के व्यवस्था भएको छ, अहिले कत्तिको अनुसन्धान भइरहेको छ भन्दै प्रश्न गरे । प्रधानमन्त्री ओलीले भनेको आधार र अहिले अनुसन्धान कुन चरणमा पुगेको छ भन्ने विषयमा जानकारी हुनुपर्ने उनले बताए । 

कांग्रेसकै सांसद पुष्पा भुसालले अनुसन्धान र सत्यतथ्य प्रमाणित नभई प्रधानमन्त्रीले रामराज खोलेपछि अहिले मिडियामा बहस सुरु भएको बताइन् । देशको कार्यकारी प्रमुखले रामको जन्म नेपालमा भयो भनेपछि अहिले मिडियामा बोल्नेहरू नै विशेषज्ञजस्तो गरी छलफलमा सहभागी भइरहेको उनको भनाइ छ । यस्ता विषयलाई हल्का छलफलको विषय बनाउन नहुने उल्लेख गर्दै उनले नेपालको पहिचान अन्तर्राष्ट्रियस्तरमा पुऱ्याउन खोज्दा यस्ता विषयवस्तुहरूमाथि सरकारप्रमुखले धारणा राख्नुहुँदैन भन्ने आफ्नो मान्यता रहेको स्पष्ट पारिन् । 

नेकपा सांसद नारदमुनि रानाले प्रधानमन्त्रीको अभिव्यक्तिपछि ठोरीको विषय राष्ट्रिय बहसको विषय बनेको बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध भारतमा जन्मेका हुन् भन्दै अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै रामको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका विषयमा पुरातत्व विभागले अनुसन्धान अगाडि बढाउनुपर्ने बताए । 

नेकपाकै सांसद सरलाकुमारी यादवले प्रधानमन्त्रीले कुरा उठाएपछि त्यसलाई पुरातत्व विभागले उत्खनन गर्दै अध्ययन अगाडि बढाउनुपर्ने बताइन् । 

प्रधानमन्त्री ओलीले भानुजयन्तीका अवसरमा राम नेपालमा जन्मेको र भारतमा रहेको अयोध्या नक्कली भएको अभिव्यक्ति दिएपछि अहिले यो विषय चर्चामा छ ।